×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली अडिटरको गैरकानुनी काम, काका अडिटर हो भन्दै खुलेआम ‘अवैध’ धन्दा हुँदा के हेर्दैछ नियामक ? (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नक्कली अडिटरको गैरकानुनी काम, काका अडिटर हो भन्दै खुलेआम ‘अवैध’ धन्दा हुँदा के हेर्दैछ नियामक ? (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाली लेखा व्यवसायीहरुको नियमनकारी संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) निकम्मा हुँदा बजारमा गैरकानुनी धन्दाले प्रसय पाएको छ । लेखापरिक्षण कार्य सम्बन्धि कुनै पनि बिज्ञापन प्रकाशन / प्रशारण / वितरण गर्न नपाइने भन्ने स्पष्ट व्यवस्था भएपनि बजारमा हामी अडिट रिपोर्ट बनाइदिन्छौं भन्ने आशयको बिज्ञापन गर्ने गरेको पाइएको छ । आइक्यानको नियमको व्याख्या नै विश्लेषण गर्ने हो भने सामाजिक सञ्जालमा पनि लेखापरीक्षण गर्छौं भन्ने आशयको कुनै पनि बिज्ञापन राख्न पाइंदैन । तर मध्य बानेश्वर ठेगाना बताउने डी बि घिमिरे अडिट एण्ड ट्याक्स कन्सल्ट नाम राखेर यस्तो गैरकानुनी धन्दा भइरहेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ ।
आइक्यानको नेतृत्व परिवर्तन भएसँगै यस्ता गैरकानुनी कामको संख्या पनि बढ्दै गएका छन् । अझ आइक्यानले अनुगमन समितिमा पार्षद्हरुलाई राख्नुपर्ने ठाउँमा पूर्व अध्यक्षहलाई यसको जिम्मेवारी दिएपछी अनुगमनको काम निकै सुस्त भएको छ । हाल अनुगमन समितिका संयोजकमा आइक्यानका पूर्व अध्यक्ष मधुबीर पाण्डे छन् ।यसो त यस अघि अर्थ सरोकार डटकमले समाचार प्रकाशित गरेपछि आइक्यानले यस्तो गलत काम गर्नेहरुलाई स्पष्टीकरण सोधेको थियो । तर नयाँ नेतृत्व आएपछी यो काम पनि बन्द भएको छ । जसले गर्दा बजारमा यस्तो गलत धन्दा गर्नेहरुले प्रसय पाएको छ । नियम अनुसार लेखापरिक्षण गर्ने आशयको कुनै पनि बिज्ञापन गर्न पाईदैन । 
यस विषयमा बुझ्न हामीले दिइएको नम्बरमा शुक्रबार विहान फोन गरेका थियौं । आफुलाई डीबि घिमिरे बताउने उक्त व्यक्तिले सुरुमा आफु नै सिए भएको दावी गरे । हामीले नजानिँदो पाराले घुमाउरो पाराले सोधेपछि उनले आफ्नो पोल खोल्दै गए । उनले आफ्ना काका कृष्ण प्रसाद घिमिरे रजिष्टर्ड अडिटर भएको र उनको हस्ताक्षर भएको रिपोर्ट बन्ने दावी गरे । आफ्नो काकाको केपी घिमिरे नामको अडिट फर्म पनि भएको उनको आशय पछी हामीले आइक्यानको लिष्टमा उनको काकाको नाम खोज्यौं । आइक्यानको लिष्टमा कृष्ण प्रसाद घिमिरे नाम गरेका आरए पनि भेटिए । त्यसपछि हामीले उनलाई फोन गर्यौं । तर उनले आफुले डीबि घिमिरे नामको कोहि पनि नचिनेको र यस्तो गलत धन्दा गर्नेलाई प्रहरीलाइ खबर गर्नुपर्ने कुरा बताए । अव सत्य तथ्य के हो, त्यो आइक्यानले नै बताउला । हामीसँग उनीसंग गरिएको बार्गेनिङको प्रमाण सुरक्षित छ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: