×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत भ्रमणका उपलव्धिका विषयमा नेकपा अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीलाई जानकारी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

भारत भ्रमणका उपलव्धिका विषयमा नेकपा अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीलाई जानकारी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र आर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको छ ।
दुई नेताहरुको भेटमा प्रचण्डको चार दिने भारत भ्रमणका सन्दर्भमा छलफल भएको बताइएको छ । भेटमा प्रचण्डले भारतमा भएको भेटवार्ताबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ समेत गरेको बताइएको छ ।
सो क्रममा दुई अध्यक्षले प्रचण्डको भारत भ्रमण सफल भएको निश्कर्ष निकालिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
त्यसैगरी पार्टीका तल्ला कमिटिहरु र जनबर्गिय संगठन–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधवार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय पनि दुई अध्यक्षले गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: