×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः निर्मला हत्या प्रकरणको वास्तविक तथ्य बाहिर आएरै छाड्यो, यस्तोसम्म गरेछन्

PRIME CA

अन्ततः निर्मला हत्या प्रकरणको वास्तविक तथ्य बाहिर आएरै छाड्यो, यस्तोसम्म गरेछन्

अर्थ सरोकार

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा दुई नयाँ तथ्य बाहिर आएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले संसदको राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको बुधबार जवाफ दिँदै निर्मलाको हत्यापछि उनले लगाएका लुगा जलाएर प्रमाण नष्ट गरिएको बताए ।
‘अनुसन्धानमा प्रहरीको लाज लाग्दो गल्ती देखिएको छ। उनले लगाएका लुगा खोलेर जलाइएको छ,’ गृहमन्त्री थापाले भने, ‘अर्को कुरा उनको शव साउन ११ गते भेटिएको थियो । त्यही दिन तयार भएको मुचुल्कामा बुवाको औंठा छाप छ । जबकी उनका बुबा भारतबाट १२ गतेमात्र नेपाल आएका थिए ।’
साउन १० हराएकी निर्मलाको ११ गते उखुबारीमा शव फेला परेको थियो । घटना भएको दुई महिना बितिसक्दा पनि अपराधी पक्राउ पर्न सकेका छैनन् ।  सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले मंगलबार गृह मन्त्री थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा के कुरा उल्लेख छ भन्ने सार्वजनिक गरिएको छैन् ।
समिति बैठकमा बोल्दै मन्त्री थापाले सरकारले अझै घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेकाले जोकोही दोषी भए पनि नउम्कने प्रतिवद्धता व्यक्त गरे । ‘तपाईंहरू हाम्रो प्रभावकारितामा शंका गर्न सक्नुहुन्छ किनकी परिणाम आएको छैन । तर हाम्रो नियतमाथि शंका गर्न सक्नुहुन्न,’ थापाले भने ।
सांसदहरूले अपराधी कहिले पत्ता लाग्छ भनेर सोधेको प्रश्नमा मन्त्री थापाले भने, ‘गृह प्रशासन र प्रहरी ज्योतिष होइन । यति गते परिणाम आउँछ भन्ने अवस्था होइन । प्रयासलाई तीव्रता दिन भने सकिन्छ ।’ उनले घटनालाई सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीले पनि गम्भीरतापूर्वक लिएको र दोषी उम्काउन राजनीतिक संरक्षण नहुने बताए ।
‘प्रहरी पनि दोषीलाई संरक्षण गर्ने सक्ने अवस्थामा छैन,’ थापाले भने । केही सांसदहरूले पछिल्लो समय बढिरहेका बलात्कारका घटना सरकारविरूद्ध प्रायोजित त होइनन् भनी जिज्ञासा राखेका थिए । जवाफ गृहमन्त्री थापाले सरकार त्यो निष्कर्षमा नपुगकेको बताए ।
सांसदहरू झपट रावल र अमरेशकुमार सिंहले नेपाल प्रहरीमा चेन अफ कमाण्ड कमजोरी देखिएको बताएका थिए । जवाफमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै कसर बाँकी नराखी काम भएको छ र चेन अफ कमाण्डमा कमजोरी नभएको दाबी गरे ।
‘एउटा कञ्चनपुरको घटनाले प्रहरीका अन्य काम काम छायाँमा परेका छन्,’ महानिरीक्षक खनालले भने, ‘अनुसन्धान निष्कर्षमा पुर्या एर फेरि यो समितिमा आएर बोल्न मन छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: