ओरियन्टल होटल्सको कात्तिक १२ मा एजीएम हुँदै, २६.३२% लाभांश प्रस्ताव पेस गर्दै

एजिएम नोटिस
कम्पनी : ओरियन्टल होटल्स
इभेन्ट : साधारण सभा
हुने मिति : कात्तिक १२ गते

विवरण : 
ओरियन्टल होटल्सको साधारण सभा कात्तिक १२ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १९ देखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
प्रिमियममा एफपीओ जारी गर्ने ।
१५% बोनस सेयर र ११.३२% नगद लाभांस दिने ।
नियमावली संशोधन गर्ने र यसको अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को वासलात, नाफा नोक्सान, नगद प्रवाह माथि पनि छलफल हुने  ।
लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखा परीक्षकको नियुक्ति तथा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने  ।

एजिएम हुने स्थान र समय :
नेपाल प्रशासनिक प्रसिक्षण केन्द्र जावलाखेल ललितपुरमा बिहान ११ बजे  ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :  ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४५ रुपैयाँ पुग्ने  ।
प्रकाशित : Wednesday, September 26, 2018

recent

Popular Posts