×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सशस्त्र प्रहरीमा जागिर खाने हो ? २०४० जनाको लागि खुल्यो सुनौलो अवसर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सशस्त्र प्रहरीमा जागिर खाने हो ? २०४० जनाको लागि खुल्यो सुनौलो अवसर

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालमा जागिरको सुवर्ण अवसर खुल्ला गरेको छ । सशस्त्र प्रहरीले एकै पटक २०४० जना प्रहरी माग गरेको छ। सशस्त्रले १९३६ जना प्रहरी जवान माग गरेको छ भने सशस्त्र प्रहरी परिसर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचिकार, ८ जना सुचिकार, ४ जना चर्म कर्मी र १० जना केसकर्तक माग गरेको हो। 
इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ २२ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जानकारी दिएको छ। 
आवेदनका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक श्वयम्भु, नम्बर एक बाहीनी पकली सुनसरी, नम्बर दुर्इ बाहानी बर्दिबास महोत्तरी, नम्बर चार बाहीनी पोखरा, नम्बर ६ बाहीनी बाङ्गेसिमल सुर्खेत, नम्बर ७ बाहिनी अत्तरीया कैलाली, तालिम शिक्षालय बर्दघाट र नौबस्ता बाँकेबाट पाइनेछ। 
जवानको लागि न्युनतम ८ कक्षा पास गरे पुग्छ। जवानको लागि न्युनतम १८ वर्ष पुगि २१ वर्ष ननाघेको हुनु पर्छ भने परिचरको हकमा १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको हुनु पर्छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: