×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा ‘रेडलाइट एरिया’ खोल्ने तयारी गरेका मुख्यमन्त्रीलाई झट्का

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ भाद्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

पोखरामा ‘रेडलाइट एरिया’ खोल्ने तयारी गरेका मुख्यमन्त्रीलाई झट्का

काठमाडौँ  – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको राजीनामा माग गरिएको छ ।
आइतबार संसद बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले रेडलाइट एरिया खोल्ने भन्दै महिला अस्मिता माथी प्रहार भएको मन्दै मुख्यमन्त्री गुरुङले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन् । मुख्यमन्त्री गुरुङको भनाईले नेपाली नारीको अपमान भएको उनले बताइन् ।
‘महिला हिंशा रोक्न नसक्ने रेडलाइटको कुरा गर्ने,’ उनले भनिन्, ‘उहाँको भनाईले महिला अस्मिता माथी प्रहार भएको छ ।’ कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा सरकारले अझै दोषी पत्ता लगाउन नसकेको भन्दै पीडितलाई न्याय दिन उनले न्याय माग गरिन् ।
‘निर्मलाको हत्यारा पत्ता नलाग्दै फेरी दुई जनाको बलात्कार भएको छ’, उनले भनिन्, ‘आठ महिनाका शिसुको हत्यारा पत्ता लाग्न सकेको छैन । यी घटनामा दोषि समात्न नसक्नुको कारण के हो ?’ साथै उनले नेपालको सिआइवी विदेशमा सम्मानित हुने तर यहाँ किन दोषी पत्ता लाग्न सकेको छैन ? भन्दै आक्रोश पोखेकी छन् ।
केही दिन अघि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले ‘रेडलाइट एरिया’ खोलेर परिचयपत्र दिनु पर्ने बताएका थिए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: