×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुख्यमन्त्री शंकर पोखरेललाई खुलेन बालुवाटारको ढोका ! प्रधानमन्त्री ओलीले भेट्नै मानेन्

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

मुख्यमन्त्री शंकर पोखरेललाई खुलेन बालुवाटारको ढोका ! प्रधानमन्त्री ओलीले भेट्नै मानेन्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका अति निकट र विश्वासी नेता हुन् प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेल । ओलीलाई पार्टी अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको यात्रा गराउन निकै ठुलो मेहेनत गरेको पोखरेल विश्वासको संकटमा परेका छन् । ओलीले पनि मुख्य सल्लाह पोखरेलबाटै लिने गरेका थिए । तर मुख्यमन्त्रीहरुको पोखरा भेलापछि प्रधानमन्त्री आक्रोसित बनेका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न पोखरेलका लागि जतिबेला पनि बालुवाटार खुल्लै थियो । तर मुख्यमन्त्रीको भेलापछि बालुवाटारको ढोका केही दिनदेखि बन्द छ । पोखरेलले प्रधानमन्त्री ओलीलाई भेट्न बारम्वार प्रयास गरेका छन् तरपनि भेट पाउन सकेका छैनन् ।
केन्द्र सरकारले सवै अधिकार आफ्नै मुठ्ठिभित्र राख्यो भन्दै ६ प्रदेशका मुख्यमन्त्री पोखरामा भेला भएका थिए । भेलाको आयोजना गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुड पनि ओलीको ब्ल्याक सूचिमा परेका छन् । मुख्यमन्त्रीको भेलाबाट आफुलाई घेराबन्दी गर्न खोजिएको आशंका गर्दै प्रधानमन्त्री ओली रुष्ट बनेका हुन् ।
नेकपाका प्रभावशाली नेतासमेत रहेका पोखरेल र प्रधानमन्त्री ओलीबीच पोखरा भेला भइरहेका बेला टेलिफोन संवाद भएको थियो । टेलिफोनमै प्रधानमन्त्रीले असन्तुष्टी पोखेपछि उनले ७ बुँदेमा हस्ताक्षर नै नगरी काठमाडौं फर्किए । काठमाडौं फर्किएलगतै प्रधानमन्त्रीलाई भेट्न खोजेका थिए तर भेट पाउन सकेका छैनन् ।
मुख्यमन्त्रीहरुले भेला गरी आफुलाई दवाव दिन खोजेको स्पष्ट संकेत पाएपछि ओलीले अन्तर प्रदेश परिषदको पहिलो बैठक नै अनिश्चितकालका लागि स्थगित गरिदिएका छन् । बैठक आइतवार बोलाइएको थियो । बैठकमा सहभागि हुन मुख्यमन्त्रीहरु काठमाडौं आइसकेका थिए तर प्रधानमन्त्रीको आदेशमा उनीहरुलाई स्थगितको पत्र थमाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: