×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पनि आइपीएस कनेक्टमा आवद्ध

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पनि आइपीएस कनेक्टमा आवद्ध

काठमाडौं – नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-Payment प्रणालीमा आजबाट कारोबार शुरु गर्ने गरि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको छ ।
बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् ।
यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्ने व्यवस्था रहेका छन् ।
यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन र छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भैरहेको जानकारी कम्पनीले गराएको छ ।
connectIPS e-payment प्रणालीमा हाल सम्म ३८ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म २९ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: