×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लव नेतृत्वको पार्टीमा विवाद : पार्टी निष्कासनविरुद्ध यस्तो आयो पत्रकारहरुको धारणा (प्रेसनोट सहित)

PRIME CA

विप्लव नेतृत्वको पार्टीमा विवाद : पार्टी निष्कासनविरुद्ध यस्तो आयो पत्रकारहरुको धारणा (प्रेसनोट सहित)

अर्थ सरोकार

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार

काठमाडौँ -नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले उग्र रुप लिएको छ । पछिल्लोपटक पार्टीका नेता कार्यकर्तामाथि ओली नेतृत्वको सरकारले निर्मम दमनको नीति अख्तियार गरेको बेला पार्टीका नेताहरुले आफ्ना नेता कार्यकर्ताका बारेमा गलत निर्णय गर्दा आन्तरिक विवाद छताछुल्ल भएको हो । नेकपाको अधिकांस जनवर्गीय संगठनहरुमा पछिल्लो चरण ब्यापक विवाद भएको छ । केहि महिना अगाडी सम्पन्न मजदुरको सम्मेलन र विद्यार्थीको सम्मेलनमा पनि ब्यापक विवाद भएको थियो । 
त्यसको लगत्तै सम्पन्न पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन, नेपालको तेश्रो राष्ट्रिय सम्मेलनमा पनि संगठनको दोश्रो राष्ट्रिय सम्मेलनमा गुटबन्दी गर्दै समानान्तर कमिटी बनाउने अभ्यास गर्दै आइरहेको आधा दर्शन सदस्य संख्याको समुहले सम्मेलनको बन्दसत्रमा अबरोध खडा गरेपछि विवाद सुरु भएको थियो । 
गत बैशाख १५ र १६ गते सम्पन्न संगठनको राष्ट्रिय सम्मेलनमा प्रकाश डुम्रे नेतृत्वमा रहेको ७ जनाको समुहले बन्दसत्रमा होहल्ला गर्ने, पदाधिकारी चयन गर्न नदिने, बन्दशत्र बहिष्कार गर्दै हलबाट बाहिर निस्किने जस्ता अनुशाहन हिन र अराजनीतिक हर्कत गरेपछि बन्दशत्रले नेतृत्व चयन गर्न नसकी सम्मेलन सकिएको थियो ।
त्यतिबेला सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि संगठनको पहिलो बैठकेल नेतृत्व चयन गर्ने निर्णय गर्दै ५१ सदस्सिय केन्द्रिय समिति निर्वाचित गरेर सम्मेलन सकिएको घोषणा गरिएको थियो । 
सम्मेलन सकिएको ५ महिना बितिसक्दा पनि पार्टीको नेतृत्वले विवाद हाल गर्नुको साटो गुटलाई नै सस्थागत गर्दै संगठन नै उक्त समुहलाई सुम्पिने गरी निर्णय गरेको हल्ला पार्टी भित्र चलन थालेपछि गत भाद्र ७ गते निर्वाचित कार्यसमितिमा रहेका ४८ जना मध्ये ४० जनाले बिज्ञप्ति जारी गर्दै त्यस्ता हल्लाको पछि नलाग्न अनुरोध गरेका थिए ।
त्यसपछि आक्रोशित बनेको डुम्रे गुटले पार्टी महासचिव विप्लवका पारिवारिक सदस्य र केही नजिकका नेताहरुलाई आफ्नो प्रभावमा पार्दै संगठनको बहुमत कार्यसमितिलाई नै खारेज गर्ने, केही बरिष्ठ नेताहरु र निवर्तमान अध्यक्ष प्रभात चलाउनेलाई पार्टीमा नरहेको भन्दै बिज्ञप्ति निकाल्ने सम्मको निर्णय गर्न उक्साएपछि विवाद सतहमा आएको छ । 
पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले भाद्र २९ गते बिज्ञप्ति निकाल्दै निबर्तवान अध्यक्ष प्रभात चलाउने, कमल बुढा, जन्मदेबा जैशी, बाबुराम भुषाल, र सुदिप बर्देवालाई पार्टीबाट निष्काशन गरेको बक्तब्य बाजी गरेपछि भाद्र ३० गते पाँच जनाले उक्त विज्ञप्तिको कडा प्रतिवाद गरेका छन् । 
उनीहरुले निकालिएको बिज्ञप्तिमा भनिएको छ – ‘कमरेड सुदर्शनले जारी गरेको विज्ञप्ति जसरी आएको छ र त्यसमा हामीमाथि जे जे आरोपहरु लगाइएको छ त्यसबारे प्रतिक्रिया दिँदा पार्टी र नेताहरुलाई पर्ने अप्ठेरो र असरको ख्याल गर्दै प्रतिक्रिया नदिने सोचमा हामी पुगेका थियौ । पक्कै पनि अहिलेको जुन राजनीतिक सन्दर्भ र विज्ञप्तिमा लगाइएका आरोपका विषयवस्तु छन त्यसबारे सवालजवाफ गर्नु उपयुक्त होइन । त्यसले असर पु¥याउँछ भने सबैभन्दा बढी असर परिवर्तनकामी जनता र आन्दोलनलाई पु¥याउँछ, अनि यो समग्र आन्दोलनको नेतृत्व गरिरहेको हुनाले पार्टी महासचिवलाई पु¥याउँछ ।’
बिज्ञप्ति मार्फत ५ जनाले पार्टीका उपल्लो तहका नेताहरुले यसरी आफुहरुलाई सार्बजनिक बिज्ञप्ति मार्फत कारबाही गरेको घोषणा गरेपछि नेपालको संसदीय राजनीतिभित्रको अन्तहीन किचलोबाट आजित भएर परिवर्तनको अन्तिम आशलाग्दो विकल्प यही आन्दोलन हो भन्ने निष्कर्षमा पुगेका र पुग्दै गरेका नौजवान युवाहरुमा निकै ठुलो असर परेको बताएका छन् । 
उनीहरुले पार्टीको उपल्लो तहले नै त्यसको असरबारे कुनै ख्याल नराखेर विषयवस्तु बाहिर लगिसकेपछि, प्रश्नहरु उठ्न थालेपछि आफुहरुले त्यसका बारेमा आफ्नो विषय राख्नु अन्यथा नहुने ठान्दै प्रेस नोट जारी गरेको बताएका छन् । 
उनीहरुले सरकार पार्टीमाथि दमनपूर्ण रवैयामा उत्रिएको, व्यापक रुपमा गिरफ्तारी बढाइरहेको र सरकारसँग एकखालको तीब्र संघर्ष चलिरहेको बेला वा वाह्य संघर्ष घनिभूत बनेका बेला कुनै पनि राजनीतिक पार्टी र आन्दोलनलाई आम जनताको साथ, सहयोग र समर्थन जरुरी हुने र लिनुपर्ने बेला आन्दोलनमा सक्रिय कार्यकर्ताहरुलाई चिढ्याउनु, निस्कृय बनाउन खोज्नु वा आन्तरिक पंक्तिलाई आपसी सवालजवाफमा तान्नु कदापी पनि परिपक्व र सही कदम नभएको भन्दै सुदर्शनको बिज्ञप्ति प्रति आपत्ति जनाएका छन् । 
पार्टी नेतृत्वले गरेको यस्तो अपरिपक्क निर्णयले आफुहरु अच्चम परेको भन्दै उनीहरुले आफुहरु नैतिक मुल्यमा विश्वास गर्ने हुदा जबसम्म मानिसको नैतिक तागत उच्च रहन्छ, तबसम्म जस्तासुकै आरोप लगाइए पनि त्यसले अलिकति पनि असर नगर्ने बताएका छन् । 
लामो समयदेखि जनपक्षीय पत्रकारिता यात्रामा लागेकाले हाम्रो जीवन खुल्ला किताबजस्तै भएको भन्दै उनीहरुले पार्टीका कुनै अमुख नेताले तथ्य र आधारहिन आरोप लगाउनु भनेको उल्टै यो आरोप लगाउनेको स्तरको खुलासा हुनुवाहेक केही नभएको बताएका छन्। 
सुदर्शनले निकालेको विज्ञप्तिमा आफुहरुमाथि जुन आरोप लगाइएका छन, तिनको कुनै आधार नभएको, कपोलकल्पित, अराजनीतिक, विल्कुलै हास्यास्पद, बालगोठालाका खेलका कथा जस्ता मात्र भएको बताएका छन् । 
उनीहरुले आफुलाई पार्टीले लगाएको आरोपबारे जुनसुकै जनअदालतको कठघरामा उभिएर पनि एक-एक शब्द-शब्दमा कुरा गर्न तयार रहेको भन्दै खण्डन गरेका छन् । 
विज्ञप्तिमा लगाइएका चारवटा आरोपको यसरी खण्डन गरिएको छ । उनीहरुले बिज्ञप्तिमा भनेका छन्- ‘सार्वजनिक रुपमा जिम्मेवार साथीमाथि हातपात गरेको’ आरोपको कुरा गरौ । कुरा लगाउनेले कुन आशय र दुराशय राखेर लगाए तर नेताहरुले यो प्रमाणित गरुन कि कुन ठाउँमा कसले कसमाथि हातपात गरेको हो ? सार्वजनिक ठाउँमा भनेपछि देख्नेहरु पनि होलान । त्यो कुन ‘जिम्मेवार साथी’ हो जसमाथि हातपात भयो, त्यस्तो कोही छ भने ममाथि हातपात भएको हो भनेर उभ्याइयोस् । दोस्रो आरोप सूचना चुहाएको भन्ने छ । यो राजनीतिक पूर्वाग्रह वाहेक केही पनि होइन । कतै केही प्रमाण भए यसलाई पनि पुष्टि गर्न चुनौती दिन्छौ । ‘पार्टीका स्थायी समिति सदस्यकै साथमा पार्टी बनेदेखि आजसम्मका सबै दस्तावेज, हिसाबकिताब, सर्कुलर र बैठकमा टिपिएका नोटकपी र ल्यापटप समेत गएको कुरा बाहिर छ्याप्छ्याप्ती आइसकेकै छ । साथै अरु नेताहरुका साथमा पनि धेरै कुरा गएको नेताहरुलाई नै थाहा नै छ । हामी नेताहरुलाई कहिले पनि भेट्दै नभेट्ने र लामो समयदेखि कुनै सम्पर्क नै नभएका कार्यकर्ताले सूचना चुहाएको भन्ने आरोपको कुनै तुक छैन ।’
अझ अगाडी भनिएको छ- ‘तेस्रो आरोप पार्टी र नेतृत्वका विरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार दिएको भन्ने आरोप छ । पहिलो त यो पदावली नै स्पष्ट छैन । सामाजिक सञ्जाल के हो ? समाचार र भ्रामक समाचार के हो भन्ने कुराको स्पष्टता नहुन पनि सक्छ । तै पनि कुन सामाजिक सञ्जालमा कहिले त्यसखालका ‘भ्रामक समाचार’ दिइएका हुन त्यसको पनि पुष्टि गरियोस् । सायद सार्वजनिक रुपमा पुष्टि गर्न नमिल्ने होला, हामीलाई मात्र भनिदिए पनि पुग्छ कि कुन साथीले कहिले सामाजिक सञ्जालमा कुन नेताका विरुद्धमा भामक कुरा लेख्यो ?’
अर्को आरोपबारे यसो भनिएको छ- ‘पत्रकार संगठन सम्बन्धि पार्टी निर्णय विरुद्ध अराजकता मच्चाएको’ । यो भनेको क्रान्तिकारी पत्रकार संगठन, नेपालको बैशाख १५, १६ र १७ मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनको सन्दर्भ हुनुपर्छ । दुई सय बढी प्रतिनिधिहरुको सहभागितामा हामीले संगठनको राष्ट्रिय सम्मेलन प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गरी नगरकोटमा बन्दशत्र गरेका थियौ । जसको उद्घाटन स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नै गर्नुभएको थियो । सम्मेलन कति मेहनत र दुःखका साथ गरिएको थियो, कति भव्यतापूर्वक सम्पन्न भएको थियो भन्ने कुरा सायद सबैलाई विदितै छ । अनि सम्मेलनको सबै प्रक्रिया सकेर नेतृत्व चयनको प्रक्रियामा पुग्दा कसले अराजकता मच्चाएको थियो भन्ने बन्दशत्रमा सहभागी हुने सबैका सामु दिनको घाम जतिकै छर्लङ्ग छ ।’
सम्मेलन सम्पन्न भएको पाँच महिना पुगिसक्दा पनि आफुहरुले कुनै किसिमको प्रतिक्रिया नजनाएर बसेको, पार्टीले भनेअनुसार नै केन्द्रीय समितिको पहिलो बैठकमा छलफल गर्नुपर्छ भनेर सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिका साथीहरु पर्खेर बसेको हुदाहुदै पनि यसबीच पार्टीका नेताहरु पत्रकार संगठनको बैठक बसाल्ने, साथीहरुका कुरा सुन्न मात्र पनि तयार नदेखिएको आरोप बिज्ञप्ति मार्फत लगाइएको छ । 
यसअघि हेटौडामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनदेखि नगरकोटमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनको बन्दशत्रमा अराजकता मच्चाउने अनुशासनहीन एक दुई जना व्यक्तिहरुको एकोहोरो कुरा सुनेर र आँखा चिम्लेर त्यो कुरामा विश्वास गर्नेतिर नेताहरु गएको, तिनले दिएका गलत र नक्कली सूचनाकाबारेमा नेताहरुले आफुहरुसँग सोध्ने आँट पनि नगरेको र त्यसपछि एकाएक नेताहरुले त्यही गुटका केहीलाई संगठनको पदाधिकारी बनाइएको हल्ला आएको र त्यो हल्ला पनि केन्द्रीय समितिको बैठक बसालिएला र त्यहाँ आउला भन्ने ठानेर पर्खेर बसेकै बेला नेताहरुलाई गलत सूचना दिन लागेकाहरुले आफैले आफैलाई सामाजिक सञ्जालहरुमा भकाभक बधाई लेखाउदै केही अनलाईनहरुमा समाचार पनि लेखाउन थालेपछि आफुहरु ४० जनाले गत भाद्र ७ गते बक्तब्य जारी गरेको बताएका छन् । 
त्यतिमात्र होइन, गिरफ्तार गरिएका नेताले धुलिखेलको हिरासत भित्रै बोलाएर बैठक बसालेको र जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा पुलिसको निगरानीमा गरिएको बैठकमा नगरकोटमा निर्वाचित कमिटि डिजल्भ गर्न र ३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्माण गर्न भबनिएको छ भनेर जिम्मेवारी दिइएका भनिएका व्यक्तिहरु व्यापक रुपमा छलफलमा लागेको र एकातिर केन्द्रीय समितिको बैठक बसेर पदाधिकारी चयन गरेको भन्ने विल्कुलै असत्य कुरा सामाजिक सञ्जालमा लेखाउन थालिएको र अर्कोतिर हिरासतमै बोलाएर केही थोरै मान्छेको बैठक बसाली राष्ट्रिय सम्मेलन र सम्मेलनले गरेको निर्णय खारेज गर्न आदेश दिएको कुरा तिनै आदेश पाउनेले भन्दै हिडन थालेपछि नगरकोटमा चयन भएका ४८ जना केन्द्रीय सदस्य मध्ये ४० जना आक्रोशित भएको पनि जनाइएको छ । 
बिज्ञप्तिमा भनिएको छ – ‘स्मरण रहोस बाँकी ८ जनामध्ये पनि केही साथीहरु न्यूट्रल हुनुहुन्छ । यसरी दिनको घामजतिकै छर्लङ्ग कुरामा भ्रामक पर्दा हालेर, आन्दोलनमा लागेका साथीहरुमाथि अत्यन्तै निराधार, कपोलकल्पित र तथ्यहीन आरोप लगाउनु, सार्वजनिक रुपमा बेइज्जत गर्ने प्रयास गर्नुका पछाडि कुन स्वार्थ लुकेको छ हामी आश्चर्यमा परेका छौ । त्यस्ता आरोपको कुनै अर्थ छैन ।’ 
उनीहरुले बिज्ञप्ति मार्फत नेताहरुलाई विधि, पद्धति, अनुशासन नेताहरुमा लागु हुने कुरा हो कि होइन ? कुनै नेताका बारेमा आफूलाई लागेको कुरा आन्तरिक बैठकमा राख्न पाइन्छ कि पाइदैन ? यो पार्टी र आन्दोलन विकास गर्न हामी कार्यकर्ताको कुनै योगदान छ कि छैन ? लामो समयदेखि आन्दोलनमा लागेका र योगदान पु¥याएका कुनै राजनीतिक कार्यकर्ताको राजनीतिक जीवन नेतालाई रिस उठेका दिन एउटा विज्ञप्तिले सिध्याउन मिल्छ ? भन्दै प्रश्न खडा गरेका छन् । 
उनीहरुले अगाडी भनेका छन्- ‘निष्काशन तहको कारवाही कमिटीले गर्ने हो कि नेताको विज्ञप्तिले गर्ने हो ? हामीलाई त यो विश्वास नै भइरहेको छैन कि यो कम्युनिस्ट पार्टीको निर्णय हो । पहिलो त सोझै हामीलाई बोलाएर यस्तो कुरा आएको छ के हो भनेर नेताले सोध्नुपथ्र्यो । यदि सोध्न मिलेको थिएन भने सबैका कमिटि थिए भनिएको छ ती कमिटिको बैठक राखेर त्यहाँ छलफल गराइनुपथ्र्यो, त्यो बैठक राख्ने अवस्था पनि थिएन भने ती कमिटिका इन्चार्जहरु थिए होलान, तिनलाई बुझ्न र सोध्न लगाइनुपथ्र्यो । नेताहरुलाई लागेको विषयमा स्पष्टिकरण सोध्नुपथ्र्यो । त्यति पनि नभ्याइएको भए आन्तरिक रुपमा सर्कुलर गरेर यिनका बारेमा यस्तो निर्णय भएको छ भनेर पार्टीको आन्तरिक रुपमा गर्नु सायद परिपक्व हुन्थ्यो होला ।’ 
माक्र्सवादी दर्शन र सिद्धान्त तथा द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई जीवनपद्धति बनाउने नेताहरुले कार्यकर्ताबीचका केही अन्तरविरोध नै भए पनि यसरी हल गर्छ भन्ने विश्वास नै गर्न नसकेको भंडिया उनीहरुले एउटा क्रान्ति गर्ने उद्घोष गरेको क्रान्तिकारी पार्टी र तिनका नेताहरुले यस्तो गरे होलान भनेर सायद कल्पना पनि गर्न सकिने कुरा बाहिर आएको बताएका छन् । 
यस्तै उनीहरुले आफुहरु राजनीतिक आस्था र विचारमा सधै प्रतिबद्ध रहेको बताउदै यसले आन्दोलनमा पर्ने असरका बारेमा चिन्तित पनि रहेको हुदाहुदै पनि आफ्नो नाम नै उल्लेख गरेर केही आरोप लगाउँदै ‘आम जनसमुदाय, पार्टीका सम्पूर्ण निकाय र आमसञ्चारमाध्यमहरुलाई यो कुरा जानकारी गराइन्छ कि’ भन्ने वाक्यबाट सुरु गरिएको विज्ञप्ति नै आइसकेपछि यसबारेमा यो टिप्पणी लेख्न बाध्य भएको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: