×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकका बिज्ञापनमा ‘बदलिएको सोच’, एनआइसी एशियाको यो टिभीसी हेरेर बिज्ञापन बनाउनेले पनि सोच बदल्ने कि ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार

PRIME CA
laxmi sunrise bank

बैंकका बिज्ञापनमा ‘बदलिएको सोच’, एनआइसी एशियाको यो टिभीसी हेरेर बिज्ञापन बनाउनेले पनि सोच बदल्ने कि ?

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम  
काठमाडौँ – केहि समय अगाडी बिज्ञापन एजेन्सी संघले आयोजना गरेको कृति अवार्ड कार्यक्रम सम्पन्न भयो । उत्कृष्ट बिज्ञापनको भीडमा बैंकका बिज्ञापन खास देखिएनन् । देखिएका केहि बिज्ञापनहरु पनि समग्रमा उत्कृष्ट बन्न सकेनन् । यसो त बजारमा ठुलै ब्रान्डीङ गरेका बैंकले पनि त्यति राम्रो टिभीसी बनाउन नसकेको चर्चा नेपाली बिज्ञापन बजारमा थियो । नेपाली बैंकका बिज्ञापनमा केहि नयाँ स्वाद आउन थालेको भएपनि झट्ट सुन्दा वा हेर्दा ‘आहा’ भन्ने खालका बैंकका बिज्ञापन खास बनेका थिएनन् ।  तर एनआइसी एशिया बैंकको पछिल्लो बिज्ञापनले नेपाली दर्शकलाई नयाँ स्वाद दिएको छ । खासमा नेपाली बैंकका बिज्ञापन पनि यति मिठा बन्दारहेछन् भन्ने आभास हुने गरी बनेको एनआइसी एशिया बैंकले नयाँ बिज्ञापन बजारमा ल्याएको छ । 
दमदार बिज्ञापनबाट बिज्ञापन बनाउनेले पनि केहि सिक्ने कि !
बजारमा आएको एनआइशि एशिया बैंकको नयाँ बिज्ञापन प्राविधिक रुपमा जति सशक्त छ, त्यति नै ‘कन्सेप्ट’मा छ । बिज्ञापन निर्देशकले केकी र दयाह्यांगको केमेष्ट्रीलाई पर्दामा जोडदार रुपमा उठाएका छन् । पछिल्लो नेपाली सिनेमा ‘घामपानी’मा औधि रुचाइएको यो जोडीको केमेष्ट्रीलाई बिज्ञापन निर्माताले मिठो तरिकाले प्रस्तुत गरेका छन् । दयाह्यांगको सोझो देखिने हाउभाउ र केकीको दर्शकले मन पराएको बोल्ने तरिकालाई निकै आकर्षक ढंगले बिज्ञापनमा प्रस्तुत गरिएको छ । हेर्दा ठ्याक्कै परिवारको वातावरणलाई उतारेर बिज्ञापनमा मिठो शैली अपनाईएको छ । प्राय: विदेशी बिज्ञापनमा केहि रमाइला कुरा हुन्छन् जसले बिज्ञापनको चर्चा बढाउँछ । यो बिज्ञापनमा पनि ‘फोहोरवाला’को कुरालाई निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ । घरमा फोहोर लिन आउने त ‘ फोहोरवाला त हामी हौँ छोरा, उहाँ त सफाईवाला हो’ भनिएको वाक्यांशले यो बिज्ञापन हेरौं हेरौं लाग्ने बनाएको छ । 
बिज्ञापन निर्माणमा पनि सोच बदलौं !
नेपाली बैंकिङ क्षेत्रमा सम्भवत: यस्तो नयाँ खाले र सुन्दर बिज्ञापन पहिलोपटक आएको छ । एनआइसी एशिया बैंककै बिगतका बिज्ञापनहरु पनि ‘टेलिभिजनमा बजाउने सिम्पल म्याटर’का रुपमा प्रस्तुत भएका थिए ।  सामान्य ग्राफिक्समात्र प्रयोग गरेर अधिकांस बिज्ञापन बनेका थिए । मनिषा कोइरालालाई प्रस्तुत गरेर बनाइएको बैंकको पहिलाको बिज्ञापन प्राविधिक रुपमा राम्रो भएपनि कन्सेप्टले खास उत्कृष्ट थिएन । बिज्ञापन हेरौं हेरौं लाग्ने बनेको थिएन । तर यसपाली सोच बदलिएको छ । बैंकको बिज्ञापन भन्नेबितिकै झारा टार्नका लागि बिज्ञापन बनाउने बिज्ञापन व्यवसायीहरुलाई पनि एनआइसी एशियाको यो बिज्ञापनले राम्रै पाठ सिकाएको हुनुपर्छ । बिज्ञापन आफैंमा निकै सुन्दर छ । केकीले दयाह्यांगको टाई मिलाएको शटमा दयाह्यंगको टाई अझै मिलेको भए बिज्ञापन पर्फेक्ट हुने थियो । ठाउँ ठाउँमा हेडरुम काटिएको छ । यसलाई पनि ख्याल गरेको भए प्राविधिक रुपमा पनि बिज्ञापन अझै ‘बेष्ट’ हुन्थ्यो ।   खैर यो सिकाइको पाटोको रुपमा वा फिडब्याकको रुपमा लिन सकिएला । यसो त बैंकको बिज्ञापन भनेपछि यति ब्याज र उति ब्याजका कथा र बैंकले जनतालाई दिएको सेवाको मात्र कुरा उठ्थ्यो । अझ धेरै जसो बैंकका बिज्ञापनहरुमा बैंकको गुणगान गाउने मात्र काम हुन्थ्यो । तर यसपाली एनआइशि एशिया बैंकको बिज्ञापनले बैंकको बिज्ञापन बन्ने सोचमा नै परिवर्तन ल्याएको छ ।

हेर्नुहोस् भिडियो

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: