×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकरहरुलाई खल्लो हुने भो दशैं, बैंकका कर्मचारीलाई दशैंको विदा २ दिन मात्र दिन राष्ट्र बैंकको पत्र ! (पत्रसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

बैंकरहरुलाई खल्लो हुने भो दशैं, बैंकका कर्मचारीलाई दशैंको विदा २ दिन मात्र दिन राष्ट्र बैंकको पत्र ! (पत्रसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- यस बर्षको दशैमा वित्तिय संस्था तथा बैंकका कर्मचारीले दुई दिनमात्र बिदा पाउने गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको छ । अघिल्ला वर्षहरुमा ५ दिन बिदा पाउदै आएका थिए । दशैको अर्काे दिन यसैपनि शनिबार परेकाले कर्मचारीले यो दशैमा दुई दिन मात्र दशैको विदा पाउने भएका हुन् । 
असोजको ३० गते फुलपाती र ३१ गते महाअष्टमी परेकाले सो दिन राष्ट्र बैंकले कर्मचारीलाई बिदा नबस्ने निर्णय सहितको सुचना सर्कुलर गरि सकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । उक्त पत्र राष्ट्र बैंक मातहतका सम्पुर्ण कार्यालयहरुमा बोधार्थ पठाइएको छ । यो सूचना बैंक तथा वित्तिय कार्यालयमा पुगेसँगै अघिल्ला वर्षहरुमा ५ दिनसम्मको लामो विदा बस्दै आएका बैंक तथा वित्तीय कार्यालयका कर्मचारीहरु निराश बनेका छन् । दशैं विदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुने छ । तर बैंकका कर्मचारीलाई यो वर्ष दुई दिनमात्र परेको छ दशैको अर्काे दिन शनिबार यसै सार्वजनिक विदा परेको छ ।
राष्ट्र बैंकले यसअघिनै गरेको निर्णय अनुसार प्रत्यक तीन-तीन महिनाको अन्तरालमा महिनाको २५ गतेदेखि मसान्तरसम्मका सार्वजनिक विदामा बैंकका कर्मचारी बिदा बस्न नपाउने ब्यवस्था गरेको छ । सोही आधारमा कार्तिक १ गते दशैको अघिल्लो दिन महानवामीमा र कार्तिक २ गते परेको दशैको दिन गरि दुई दिन मात्र बैंकका कर्मचारीले बिदा पाउने भएका हुन् । राष्ट्र बैंकको यो निर्णयसँगै बैंकरहरु भने निराश छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: