×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : ‘चेक-काण्ड’मा हिमालयन बैंकले माग्यो माफी, ट्रेलरका कर्मचारीलाई कारवाही गरिने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : ‘चेक-काण्ड’मा हिमालयन बैंकले माग्यो माफी, ट्रेलरका कर्मचारीलाई कारवाही गरिने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समय अगाडी अर्थ सरोकार डटकमले हिमालयन बैंकको एउटा समाचार छाप्यो, ‘हिमालयन बैंकमा कर्मचारीको लापरवाहीको पराकाष्टा : असोज महिनाको मिति रहेको चेक भाद्र महिनामै साटियो !काठमाडौँ पेप्सीकोला बस्ने कृष्ण तिमिल्सीनाले हिमालयन बैंकको चेक २०७५ -०६-१५ गते एक जना पार्टीलाइ काटेको चेक २०७५-०५-१३ गते नै साटिएपछी यसबारे बुझ्न जाँदा न्यूरोड साखाका कर्मचारीले उल्टै थर्काएको विषय अर्थ सरोकार डटकमले प्रकाशित गरेपछि अन्तत: आफ्ना कर्मचारीको गल्ती भएको भन्दै हिमालयन बैंकका महाराजगंज र न्यूरोड साखाका ब्रान्च मेनेजरहरुले तिमिल्सीनासंग माफी मागेका छन् । समाचार प्रकाशन लगत्तै तिमिल्सीनालाइ बैंकमै बोलाएर उनीहरुले आफ्नो तर्फबाट गल्ती भएको र आफ्ना कर्मचारीलाइ समेत कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गर्दै यो घटनालाई थप चर्चामा नल्याउन आग्रह गरेका छन् । 
उक्त घटना सार्वजनिक भएपछी सामाजिक संजालमा पनि हिमालयन बैंकको चर्को विरोध भएको थियो । ‘हिमालयन बैंकका दुवै साखाका ब्रान्च मेनेजरहरुले बोलाएर माफी माग्नुभयो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै तिमिल्सीनाले भने, ‘उहाँहरुले चेक साट्ने आफ्ना कर्मचारीहरुलाई कारवाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । सुरुमा मलाइ थर्काउन खोजेको बैंकले निकै सौहार्द तरिकाले आफ्नो गल्ती स्वीकार्नुभयो।’    
यस्तो थियो घटनाको नालीबेली :
काठमाडौँ पेप्सीकोला बस्ने कृष्ण तिमिल्सीनाले हिमालयन बैंकको चेक २०७५ -०६-१५ गते एक जना पार्टीलाइ काटेका थिए ।तर २०७५-०५-१३ गते नै उक्त छेक हिमाययन बैंकको न्यूरोड साखा बिशालबजारबाट साटियो । चेक साटिएको मेसेज मोबाइलमा आएपछि उनी तुरुन्त बैंक गए र यसबारे जानकारी गराए । बैंकको क्यास काउन्टरका कर्मचारीले सुरुमा उनलाई चेक साटिएको छैन भनेर झुट बोले । बैंकलाइ उनले आफुलाई चेक साटिएको एसएमएस आइसकेको बताएपछि बैंकका कर्मचारीले बुझेर खबर गर्ने जानकारी दिए । २०७५ साल भद्र १९ गते जव उनी बैंकमा यसबारे बुझ्न गए तर बैंकका साखा प्रमुख बताउने कर्मचारीले उनलाई, ‘तपाईं जे गर्न सक्नुहुन्छ गर्नुहोस्’ भनेर उल्टै थर्काए । दुर्व्यवहार पनि गरे । सार्है भएपछि उनले यसबारे सामाजिक संजालमा लेखे । र थुप्रै पटक थुप्रै काण्डमा विवादित बनेको हिमालयन बैंकको अर्को काण्ड बाहिरियो। 
हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: