×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लालपुर्जा साथमै छ भनेर ढुक्क नहुनुहोस् ! धनीलाई थाहै नदिई मालपोतका कर्मचारीले जग्गा बेचिदिएको खुलासा !

PRIME CA

लालपुर्जा साथमै छ भनेर ढुक्क नहुनुहोस् ! धनीलाई थाहै नदिई मालपोतका कर्मचारीले जग्गा बेचिदिएको खुलासा !

अर्थ सरोकार

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- असली जग्गा धनीलाई थाहै नदिई मालपोत कर्मचारीले जग्गा अर्कैलाई बेचिदिएको खुलासा भएको छ । चन्दनकृष्ण कायस्थ अहिले यस्तै पीडामा छन् । बूढानीलकण्ठस्थित करिब १० करोड बराबरको उनको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनलाई थाहा नै नदिइ बेचिदिएको छ । नक्कली जग्गाधनी खडा गरेर कायस्थको ४० आना जग्गा बुधबार बिक्री भइसकेको छ । प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएसँगै यस्तो रहस्य खुलेको हो । प्रहरीका अनुसार भूमाफियाको एक समूहले मालपोत र नापी कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर सो जग्गा बिक्रीको योजना बनाएका हुन् । मालपोत कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी उनीहरूले जग्गा पास गराएका थिए ।
महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुनील मल्लका अनुसार किर्ते कागजपत्र बनाई जग्गा बेच्ने प्रदीपकुमार गौतम तथा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराई पक्राउ परेका हुन् । प्रहरीका अनुसार योजनाअनुसार नै मालपोत कार्यालयमा राखिने जग्गाधनीको स्रेस्तामा कायस्थको फोटो उप्काएर गौतमको फोटो टाँसेर बदमासी गरिएको छ । कायस्थकै नाममा नक्कली नागरिकता र लालपुर्जा तयार भयो र जग्गा बिक्रीको प्रक्रिया अघि बढाइएकोसमेत प्रहरीको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: