×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुट्नुको पनि हद हुन्छ नि ! १० लाख ७४ हजार रुपैयाँमा नेपाल भित्रिएको गाडीको मूल्य काठमाडौँ आइपुग्दा ५१ लाख

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- हुन त सवारी साधनमा व्यवसायीको लूटको कथा नौलो होइन । अर्थ सरोकार डटकमले हुन्डाईको गाडीमा हुने लूटबारे समाचार प्रकाशित गरेर सुरु भएको लुटको रहस्य बाहिर ल्याउने काम आज देशव्यापी मिडियाहरुमा भइरहेको छ । यसैबीच हामीले सवारी साधनमा हुने अर्को यस्तै ठगीको ‘अमिलो’ उदाहरण लिएर आएका छौं । बीरगंजमा पौने ११ लाखमा आएको गाडी काठमाडौँमा ५१ लाख रुपैयाँ पर्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर तथ्य यहि हो । भारतबाट आयात गरी भन्सार बिन्दुमा ६ लाख ७३ हजार ५ सय ९१ भारु अर्थात १० लाख ७४ हजार ४ सय ९५ रुपैयाँ मा आइपुगेको गाडी काठमाडौँमा भने ५१ लाख रुपैयाँ छ । रेनोको क्याप्चर डिजेल आरएक्सई टाइप–के ९ के मा यस्तो तथ्य भेटिएको हो । यो गाडीको काठमाडौँको बजार मूल्य ५१ लाख ६३ हजार ७ सय ४ रुपैयाँ तोकिएको छ । 
लुटको सीधा हिसावकिताव हेर्नुहोस् :
रेनोको क्याप्चर डिजेल आरएक्सई टाइप–के ९ के गाडी सबै मूल्य जोडेर पौने ११ लाखमा भन्सार साखामा आइपुग्छ । उक्त गाडी नेपाल भित्रिँदाको मूल्य १० लाख ७४ हजार ४ सय ५९ रुपैयाँको भन्सार ८० प्रतिशत, अन्तशुल्क ६० प्रतिशत, भ्याट १३ प्रतिशत र सडक मर्मत दस्तुर ७ प्रतिशत जोड्दा पनि ३७ लाख ४१ हजार ५ सय ३३ रुपैयाँमात्रै हुन्छ । ३ लाख रुपैयाँ कम्पनीको लागत वीरगन्जबाट–काठमाडौं आयात र त्यसमा लाग्ने ब्याज जोड्दा पनि ४० लाखभन्दा बढी लागत पर्ने देखिँदैन । रेनोको एउटा क्याप्चर बिक्री गर्दा एड्भान्स अटोमोबाइल प्रालिले ११ लाख रुपैयाँभन्दा बढी नाफा लिने गरेको छ । 
रेनोमा लुटिन मन छ भने यस्तो छ मूल्यसूची 
रेनोको लूट यतिमा सिमित छैन । रेनोको ह्याचब्याक क्वीड आरएक्सटी १.० क्लाइम्बर टाइप–बी४डीएको भन्सार घोषणा गरिएको मूल्य ३ लाख ३६ हजार ३ सय ४१ भारु अर्थात नेपाली मूल्य ५ लाख ३८ हजार ६ सय ५० रुपैयाँ हुन्छ । कम्पनीले यसको बजार मूल्य भने २४ लाख ११ हजार ६ सय ६३ रुपैयाँ तोकेको छ । क्वीड–एमटी १ एलई ३ आरएक्सटी अप्सन टाइप–बी४को वीरगन्ज भन्सारमा घोषणा गरिएको मूल्य ३ लाख १८ हजार ३ सय ४१ भारु हो । यो गाडीको बजार मूल्य कम्पनीले २२ लाख २४ हजार ५ सय ३३ रुपैयाँ तोकेको छ । यस्तै रेनो क्याप्चर पेट्रोल आरएक्सइ टाइप–एच४ केए८०२ को भन्सारमा घोषणा गरेको मूल्य ६ लाख ७० हजार ९ सय ८ भारु अर्थात नेपाली रुपैयाँ १० लाख ७४ हजार ४ सय ५९ हुन्छ । 
एडभान्सले यसको बजार मूल्य ४८ लाख १४ हजार ३ हजार ४५ रुपैयाँ तोकेको छ । नियम अनुसार लिन मिल्ने २० प्रतिशत भन्दा बढी नाफा यसमा छ । रेनोको डस्टर पेट्रोल आरएक्सइ, टाइप –एचफोरकेए८०२ को सीआइएफ सहितको मूल्य ५ लाख २५ हजार ३ सय ९८ भार घोषणा भएको छ । यसको नेपाली रुपैयाँ ८ लाख ४१ हजार ४ सय २४ रुपैयाँ ८९ पैसा हुन्छ । एडभान्स अटोमोबाइल प्रालिले यही मोडलको गाडीको खुद्रा मूल्य ३७ लाख ७८ हजार ३ सय ६ रुपैयाँ तोकेको छ । त्यस्तै डस्टर एमवाई १७ डिजेल ८९पीएस आरएक्सएस, टाइपको भन्सारमा घोषणा गरिएको मूल्य ६ लाख ४४ हजार २ सय २९ भारु हो । यसको नेपाली रुपैयाँ १० लाख ३१ हजार ७ सय ३२.७४ हुन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: