×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कम्पनी रजिस्ट्रारका कर्मचारीको मिलेमतोमा मालिकलाई थाहै नदिई ६० करोडको कम्पनी बिक्री ! (घटनाको विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

कम्पनी रजिस्ट्रारका कर्मचारीको मिलेमतोमा मालिकलाई थाहै नदिई ६० करोडको कम्पनी बिक्री ! (घटनाको विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बुधबार कम्पनी रजिस्ट्रारको कार्यालयमा सीआइबीले छापा मारी आधा दर्जन कर्मचारीलाई पक्राउ गरेको छ । एक नीजी कम्पनीका मालिकलाई थाहा नै नदिई उनको नाममा रहेको सेयर अर्को व्यक्तिका नाममा नामसारी गर्न लागेको सुराकीका आधारमा उनीहरुलाई पक्राउ थियो । पक्राउ पर्नेमा उप रजिस्ट्रारहरु गंगाधर पौडेल र धर्मराज रोकाया , सह रजिस्ट्रार उमेश मान जोशी , आईटी बिभागका कर्मचारीगरी ६ जना छन् । उनीहरुलाई सीआइबीले पक्राउ गरिसकेपछी एउटा भयानक रहस्य बाहिर आएको छ । 
कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको मिलेमतोमा सम्बन्धित कम्पनीका मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँ बराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको पाइएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो । सीआइबीले कम्पनी रजिष्ट्रारको कार्यालयमा छापा हानी कर्मचारीहरु पक्राउ गरेसंगै यस्तो रहस्य खुलेको हो ।  
त्यहि ६० करोडको सम्पत्तिको लोभमा सबै काम किर्ते गरिएको उजुरी सीआइबीमा गएपछि सीआइबीले कम्पनी रजिस्ट्रारको कार्यालयबाट कर्मचारीहरुलाई पक्राउ गरेको थियो । सीआइबीका अनुसार भारतीय व्यापारी जटिया विदेशमा रहेका वेला नक्कली कागजपत्र र हस्ताक्षरका आधारमा कम्पनी नामसारी गरिएका छन् । कागजपत्रमा उनको कम्पनीको लगानी २५ लाख रुपैयाँ मात्र देखाइएको छ । जवकी उक्त कम्पनीको नाममा सम्पत्ति भने ६० करोडभन्दा धेरै छ । उनले कम्पनीको सबै कारोबारको जिम्मा उनले आफ्ना कर्मचारी मगरलाई सुम्पिएका थिए । 
विदेशबाट फर्कंदा सम्पत्ति गायब, यसरी खुल्यो रहस्य !
कम्पनी रजिस्ट्रारको कार्यालयमा कतिसम्म किर्ते धन्दा हुँदो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण यो घटना हुन सक्छ । सीआइबीक अनुसार जटियाको कम्पनीमा १६ वर्ष काम गरेर मगरले विवादका कारण केही महिनाअघि जागिर छाडेका थिए । त्यसपछिका केही हप्ता जटिया सिंगापुर बसेर नेपाल फर्किएको केही दिनमै उनले आफ्नो जग्गा बेचिन लागेको थाहा पाए । बुझ्दै जाँदा त जग्गा नामसारीको कागजपत्र मालपोत कार्यालयमा तयार भइसकेको रहेछ । चिरीबाबु महर्जन नामक एक बिचौलियाले जग्गा नामसारीको प्रक्रिया अघि बढाएका थिए । मालपोतका कर्मचारीबाट सूचना पाएपछि उनी हतारहतार मालपोत कार्यालय गएर बुझे । जग्गा कम्पनीको नाममा थियो । सबै सम्पत्ति रहेको उनको कम्पनी आफ्ना पूर्वकामदार मगरको नाममा नामसारी भइसकेको कागजपत्र मालपोतमा पेस गरिएको थियो । 
कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर बुझ्दा कम्पनी उनको नाममा थिएन । बालुवाटारमा रहेको करिब दुई रोपनी जग्गा र घर, सतुंगलको जग्गा, त्यस्तै नुवाकोट र म्याग्दीमा रहेको जग्गासमेत उनले बिक्रीको प्रक्रियामा लगिसकेको पत्ता लाग्यो । त्यसपछि जटिया प्रहरीमा पुगे । सिआइबीले तत्कालै जितबहादुरलाई पक्राउ गरेर अनुसन्धान थाल्यो । प्रहरीले जटियाको घरजग्गा बिक्रीका लागि लिएको ५० लाख बैना रकम पनि बरामद गरेको छ । सीआइबीका अनुसार जटियाका पूर्वकर्मचारी जितबहादुर मगरको साथीकै योजनामा उनले कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी कम्पनीको अध्यक्षबाट जटियालाई हटाएर आफू नियुक्त भएको कागजपत्र तयार पारेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: