×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चेलीबेटीका लागि खुसीको खबर: न्यूरोडका यी पसल जहाँ ८ सयदेखि १२ सय रुपैयाँमै पाइन्छ निकै आकर्षक साडी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

चेलीबेटीका लागि खुसीको खबर: न्यूरोडका यी पसल जहाँ ८ सयदेखि १२ सय रुपैयाँमै पाइन्छ निकै आकर्षक साडी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – तीज आयो, नयाँ साडी किन्नुपर्ने भन्ने सोचमा तपाईं हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । निकै महँगो बजारका बाबजुतपनि न्यूरोडका केहि पसलहरुमा ८०० देखि १२०० रुपैयाँसम्ममा नै निकै आकर्षक साडी पाइने गरेको छ । विशेषगरी साडी भन्ने बित्तिकै महँगो कपडा हो भन्ने बुझ्नेहरुका लागि यो नौलो खबर भएपनि अर्थ सरोकार डटकमले काठमाडौँमै यस्ता पसलहरु फेला पारेको छ जहाँ छानी-छानी निकै राम्रा साडीहरु ८०० देखि १२०० रुपैयाँमै पाइने गरेको छ । 
पसल नम्बर १ : भोले बाबा साडी सेन्टर 
न्यूरोडमा रहेको भोले बाबा साडी सेन्टरमा ८०० रुपैयाँदेखि १२०० रुपैयाँसम्मका निकै आकर्षक साडीहरु पाइने गरेको छ । तीज नजिकिंदै गर्दा यो पसलमा ग्राहकको भीड पनि बढेको छ । ८०० मा पाइने साडी सार्है कमसल वा नबिकेका साडी पनि होइनन् । यहाँ राम्रै खालका साडी पनि ८०० रुपैयाँदेखि १२०० रुपैयाँसम्म पाइन्छ । आफुले छानेको रंग र डिजाइनमा नै साडीहरु यो पसलमा यति सस्तो मूल्यमा पाइन्छ । पसलका संचालक भीम खत्रीले दिएको जानकारी अनुसार सस्तो बजेटमा तीजमा साडी किन्नुपर्ने ग्राहकहरुको संख्या ठुलो छ र तीनै ग्राहकहरु अहिले पसलमा दिनहुँ राम्रो संख्यामा आउने गरेका छन् । उनका अनुसार कतिपय ग्राहक त यति सस्तो मूल्यमा साडी पाइँदोरहेछ भनेर छक्क पनि पर्ने गरेका छन् । तपाईं पनि सस्तो मूल्यमै साडी किन्न चाहानुहुन्छ भने भोले बाबा साडी सेन्टरमा भिम खत्रीलाई ९८४१४६१५२७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
पसल नम्बर २ : कन्चन इम्पेक्स 
न्यूरोडमै रहेको कन्चन इम्पेक्समा निकै राम्रा साडीहरु सस्तो मूल्यमा पाइन्छ । यो पसलमा १२०० रुपैयाँदेखिका साडीहरु पाइन्छ । यहाँ त केहि रकम थप्ने हो भने अझ राम्रा साडीहरु पाइन्छ । निकै सस्तो मूल्यमा छानीछानी आकर्षक साडी खोज्ने ग्राहकहरु आफ्नो पसलमा आउने गरेको र अहिलेसम्म आएका ग्राहकहरु आफ्नो पसलदेखि निकै सन्तुष्ट भएको पसलका संचालक बिजय कुमार रौनियार बताउँछन् । तीज नजिकिंदै गर्दा उनको पसलमा पनि ग्राहकहरुको भीड राम्रै छ । किन्दा सस्तो पनि, हेर्दा राम्रो पनि भएपछी ग्राहकहरु आफ्नो पसलमा आउने गरेको पसलका संचालक बताउँछन् । यो पसल जनाबहाल मासंगगल्ली, न्यूरोडमा छ । पसल भेटिएन भने ९८४१२०४४७४मा सम्पर्क समेत गर्न सकिनेछ ।
साडी किनेका ग्राहकको अनुभव, ‘मूल्य भन्दा कसैले पत्याउँदैनन्’
यी २ पसलबाट निकै सस्तोमा साडी किनेका केहि ग्राहकहरुबाट हामीले साडीबारे प्रतिक्रियासमेत लिएका थियौं । ‘साडी निकै कम बजेटमा आयो । किनेको समय त साथीहरुले के भन्ने हुन् भन्ने लागेको थियो । तर सबैले प्रसंशा गरे ।’ भोले बाबा साडी पसलबाट साडी किनेकी नयाँ बानेश्वर बस्ने एक ग्राहक भन्छिन्, ‘८००को साडी भनेर नजिककी साथीलाई भनेकी थिएँ । उनलाई पनि पसल नलगी भएन । उनी पनि अचम्मित परिन् । यस्ता राम्रा साडीहरु ८००मै पाउँदा उनी पनि खुसी भइन् । मलाइ पनि राम्रो लागेको छ ।’ उनका अनुसार एकै पटक महँगो मूल्यको साडी किन्नुभन्दा यसरी सस्तो साडी थरी थरीका रंगका किन्दा राम्रो हुने रहेछ । ‘एकै पटक महँगो साडी किन्नुभन्दा बरु यस्ता साडी अलि धेरै संख्यामा किन्दा राम्रो हुने रहेछ । फरक फरक रंग पनि पाइने । पैसा पनि धेरै खर्च नहुने ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: