×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आँखुखोला जलविद्युतको आइपीओ बिक्री खुला, असोज २६ गतेसम्म भर्न पाइने

PRIME CA

आँखुखोला जलविद्युतको आइपीओ बिक्री खुला, असोज २६ गतेसम्म भर्न पाइने

अर्थ सरोकार

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार

आइपिओ नोटिस 
कम्पनी : आँखुखोला जलविद्युत कम्पनी
खुला भएको मिति : आज (असोज २३ गते, मंगलबार)
भर्ने अन्तिम मिति: असोज २६ गते  
कित्ता : १३ लाख ७६ हजार २० कित्ता (२७ हजार ५२० कित्ता कम्पनीका कर्मचारी, ६८ हजार ८०१ कित्ता सेयर सामूहिक लगानी कोष र बाकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता सेयर सर्वसाधारणको लागि )
प्रति कित्ता मूल्य : १०० रुपैयाँ
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता

विवरण : 
आँखुखोला जलविद्युत कम्पनीको १३ लाख ७६ हजार २० कित्ता आइपिओ आजदेखि खुल्ला भएको छ । खुल्ला भएको आइपिओमध्ये २७ हजार ५२० कित्ता कम्पनीका कर्मचारी र ६८ हजार ८०१ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्यएर बाकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता सेयर सर्वसाधारणको लागि छुट्याइएको छ । यो आइपिओ लगानीकर्ताले छिटोमा भर्ने आज अन्तिम म्याद रहेको छ ।
सामूहिक लगानी कोषलाई छुट्याइएको ६८ हजार ८०१ कित्ता भने बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ । आँखुखोलाले यसअघि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई निष्कासन गर्दा बिक्री नभएको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गर्दा ६ लाख २३ हजार ९८० कित्ता सेयरमा मात्र आवेदन परेको थियो ।
आवेदन दिन सकिने शाखाहरु :
सिभिल क्यापिटल मार्केट, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: