×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंक र सुमेरु अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले उपचारमा १०% र औषधीमा ८% सम्म छुट पाउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

सेञ्चुरी कमर्सियल बैंक र सुमेरु अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले उपचारमा १०% र औषधीमा ८% सम्म छुट पाउने

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक र धापाखेल, ललितपुरस्थित सुमेरु अस्पताल प्रा.लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालको O.P.D. लगाएत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधीमा ८ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पताल प्रा.लि. का अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरेका थिए । 
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: