×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रेज घटेपछि चन्द्रागिरी हिल्सको यस्तो ‘चटक’, केहि नलागेपछि आफ्नै ग्रुपको बैंकसँग सम्झौताको ‘नाटक’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

क्रेज घटेपछि चन्द्रागिरी हिल्सको यस्तो ‘चटक’, केहि नलागेपछि आफ्नै ग्रुपको बैंकसँग सम्झौताको ‘नाटक’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अरवौंको लगानी, चौतर्फी नकारात्मक प्रतिक्रिया र स्वाभाविक नाफा अपेक्षा गरिने व्यवसाय । चन्द्रागिरी हिल्स लिमिटेड अहिले यिनै कुराहरुको चंगुलमा छ । स्थापनाकालदेखि नै महँगो भयो, ठगी भयो, लुट भयो भन्ने कुराहरु एक एक गरी बाहिर आएपछि चन्द्रागिरी कसरी पर्यटक बढाउने भन्ने चिन्तामा छ यतिबेला । अझ अमेरिकी दुतावासले चंद्रागीरिलाई असुरक्षित गन्तब्य घोषणा गरिदिएपछी बिजोग छ चन्द्रागिरीको व्यवसाय । विदाका दिन छोडेर व्यवसाय खास फलिफाप छैन । चन्द्रागिरी पुग्नेहरुपनि आफु ठगिएको महसुस गरेका छन् । केहि सीप नलागेपछि चन्द्रागिरी हिल्स लिमिटेडले अनेकौं छुटको बहाना गरेर अगाडी बढीरहेको छ ।
यसैबीच ग्लोबल आइएमई बैंक लि. र चन्द्रागिरि हिल्स लिमिटेडबीच मंगलबार चन्द्रागिरी केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्स लि. का महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् । दुवै संस्थामा आइएमइ ग्रुपको लगानी छ । धेरै अघि हुने भनी चर्चा गरिएको यो सम्झौता अहिले चन्द्रागिरीमा व्यावसायिक बोजोग हुन थालेपछि गरिएको छ । उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंक लि. का डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकहरुले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने उल्लेख छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: