×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपामा ‘इन्ट्री’ मार्न लागेका ठाकुर पुनः राजपा फर्किएपछि…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

नेकपामा ‘इन्ट्री’ मार्न लागेका ठाकुर पुनः राजपा फर्किएपछि…

राजविराज – प्रतिनिधिसभा सदस्यमा टिकट नपाएर राजपा छाडेका राजपाका तत्कालीन सह–महासचिव जयप्रकाश ठाकुर एघार महिनापछि पुनः राजपामै फर्केका छन् ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको विशेष प्रयासमा ठाकुर पुनः राजपा फर्केका हुन् । राजविराजमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गरी महतोले ठाकुरलाई राजपामा प्रवेश गराएका छन् ।
ठाकुर राजपामा प्रवेश गरेको तस्बिरसहितको खबर सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि नेकपा सप्तरीका नेताहरु आश्चर्यचकित भएका छन् । किनकि, केही महिनाअघि मात्र नेकपा सप्तरीका नेताहरुले ठाकुरलाई आफनो पार्टीमा भित्रयाउन पार्टी अध्यक्ष प्रचण्डसँग भेट गराई सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका थिए ।
गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीको संसदीय क्षेत्र नं.२ बाट टिकट नपाएपछि ठाकुरले राजपाबाट बिद्रोह गरी राजपाले सर्मथन गरेका फोरम अध्यक्ष उपेन्द्र यादवविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
ठाकुरको उम्मेदवारीपछि फोरम राजपाको गठबन्धन नै खतरामा परेको महसुस गरिएको थियो । त्यसपछि उपेन्द्र यादवको दबाबमा ठाकुरलाई राजपाले साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।
फोरम राजपा गठबन्धन र बाम गठबन्धनबाट यादव समुदायकै उम्मेदवार रहेको फाइदा उठाउन खोजेका ठाकुरले १० हजार मतसहित तेस्रो स्थानमा चित बुझाउनु परेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: