×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्तले पायो ५०% हकप्रद बिक्री गर्ने अनुमति, बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

महुली लघुवित्तले पायो ५०% हकप्रद बिक्री गर्ने अनुमति, बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल धितोपत्र बोर्डद्वारा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई ५०% हकप्रद निष्कासन गर्न अनुमति प्राप्त गरेको छ । बोर्डले संस्थालाई २ः१ अनुपातमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । 
संस्थाको यो हकप्रदमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने भएको छ । हाल यस संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । संस्थाले यही पुँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: