×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीले चौतर्फी आलोचना खेपिरहेका बेला आईजीपी खनालले खोले यस्तो रहस्य !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

प्रहरीले चौतर्फी आलोचना खेपिरहेका बेला आईजीपी खनालले खोले यस्तो रहस्य !

काठमाडौं – नेपाल प्रहरीको कार्यशैलीप्रति जताततै चर्को आलोचना भइरहेका बेला महानिरीक्षक सर्वेन्द्र खनालले सङ्गठनभित्र भूकम्प जानेगरी एउटा खुलासा गरेका छन् ।
प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनमा रहका किरा धमिरा टिपेर फाल्न लागिपरेको खुलासा गरेका छन् । केही मान्छेका कारण सिंगो प्रहरी संगठनलाई लान्छना गर्ने काम आफूलाई स्वीकार्य नभएको उनले बताए ।
प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै आईजीपी खनालले आफू प्रहरीभित्र रहेका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताए ।
‘केही पदाधिकारीले गर्दा तपाईं हामी र सिंगो संगठनमाथि नै लान्छना आउने गरेको छ,’ उनले चेतावनी दिँदै भने, ‘त्यस्ता किरा धमिरा टिपेर फाल्न लागिपरेको छु । यसमा सबैको साथ सहयोग रहन जरुरी छ ।’
‘प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने अपेक्षा जनताको रहेको भन्दै उनले हरेकले ‘म प्रहरी हुँ, राम्रो गर्नुपर्छ र गलत बाटोमा लागेको साथीलाई सच्याउनुपर्छ’, भन्ने भावनाले काम गर्ने हो भने यो सम्भव भएको धारणा राखे ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनको चर्को आलोचना हुँदै आएको छ । पछिल्लो समय प्रहरी संगठनमा राम्रो काम नगरेको भन्दै सत्तारुढ दलकै विद्यार्थी संगठनहरुले आईजीपीको राजीनामा माग गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: