×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंका लागि नयाँ नोट साट्न कहाँ जाने ? हेर्नुहोस् यस्ता छन् स्थानहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

दशैंका लागि नयाँ नोट साट्न कहाँ जाने ? हेर्नुहोस् यस्ता छन् स्थानहरु

काठमाडौँ  – राष्ट्र बैंकले दशैं र तिहारका लागि नयाँ नोट साटिदिने व्यवस्था गरेको छ ।
एक जनाले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रत्येक वर्ष दशैंँको अवसरमा सर्वसाधारणको लागि नयाँ नोट सटही सेवा प्रदान गर्दै आएको छ ।
राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका नोट सटही गर्ने व्यवस्था मिलाएको छ ।
बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ असोजदेखि नै नयाँ नोट वितरण गरिसकेको छ । बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि आइतबारदेखि मात्र वितरण सुरु गर्दैछन् ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । त्यस बाहेक नोट कोष सुविधा लिएका वित्तिय संस्थाले पनि नयाँ नोट सटही गर्नेछन् । नोट सटही सुविधा २९ असोजसम्म हुनेछ ।
काठमाण्डु उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ ।
राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् ।
मोफसलमा राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने सकिने व्यवस्था गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: