×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेह्रथुम पावर कम्पनीको ३०% आइपिओ आउँदै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

तेह्रथुम पावर कम्पनीको ३०% आइपिओ आउँदै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल !

काठमाडौँ – तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ लाख कित्ता आइपीओ निष्कासन गर्न बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ । 
तेह्रथुम पावर कम्पनीको सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबीएल एस क्यापिटलका महाप्रवन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । 
तेह्रथुम पावरले आयोजना प्रभावित स्थानीयलाई  जारी पुँजीको १०% (४ लाख कित्ता) र सर्वसाधारणलाई २०% (८ लाख कित्ता) सेयर आइपीओ बिक्री गर्न लागेको हो । यस कम्पनीको अधिकृत पुँजी ४० करोड, जारी पुँजी ४० करोड र  चुक्त पुँजी २८ करोड रहेको छ । आइपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड हुनेछ । तेह्रथुम पावर कम्पनीले तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरूड्डा खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 
अहिलेसम्म यस आयोजनाको ५५% काम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणसँग २०७३ कार्तिकमा भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार २०७६ पुष १ गते व्यापारिक विद्युत उत्पादन गर्नुपर्नेछ । तर कम्पनीले २०७६ सालको असार महिनाको सुरुमै विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ । यस आयोजनामा माछापुच्छ्रे बैंकले ४० करोड, नेपाल बंगलादेश बैंकले ३० करोड र जनता बैंकले ३० करोड गरी कुल १ अर्ब लगानी गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: