×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढी खर्च गरेको आरोपमा यी महिलालाई हुने भो कारवाही, १० वर्षसम्म हरेक दिन साढे ६ लाखको सपिङ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

बढी खर्च गरेको आरोपमा यी महिलालाई हुने भो कारवाही, १० वर्षसम्म हरेक दिन साढे ६ लाखको सपिङ !

  • बिबिसी हिन्दी
लण्डन – कसैलाई धेरै खर्च गरेको भन्दै कारवाही हुने भयो भन्ने सुन्दा तपाईंहामीलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । बेलायतको लण्डनमा अन्धाधुन्ध तरिकाले पैसा खर्च गरेको आरोपमा जमिरा हाजियेवा नाम गरकी एक धनी महिलालाई कारवाही हुने भएको छ । एजेन्सीहरुले दिएको जानकारी अनुसार पछिल्लो एक दशकमा जमिराले पश्चिम लण्डनको सबैभन्दा महंगो क्षेत्रमा करिब १.६ करोड पाउन्ड बराबरको खर्च गरेकी थिइन् । 
बेलायतले हालै बनाएको नयाँ भष्ट्रचार विरोधनी कानूनको पहिलो शिकार जमिरा बनेकी हुन् । उनलाई यति धेरै पैसा कहाबाट आयो भन्ने कुराको जाँचको आदेश जारी भएको छ । एक पूर्व सरकारी बैंकका अधिकारी श्रीमती रहेकी उनी अजरबैजानबाट बेलायत आएकी हुन् । । यदी जमिराले अदालतमा आफ्नो सम्पत्तिको स्रोतको बारेमा जानकारी दिन नसकेमा उनले लण्डनमा डेढ करोड पाउन्ड पर्ने आफ्नो घर गुमाउनुपर्ने छ । नयाँ भष्ट्रचार विरोधी कानून अनुसार ५५ वर्षे जमिरालाई नेशनल क्राइम ऐजेन्सीलाई उनको श्रीमानले जहाँगिर हाजियेवाले लण्डनको सबैभन्दा महंगो क्षेत्रमा कसरी घर किने त्यसको जानकराी दिनुपर्छ ।
नेशनल क्राइम ऐजेन्सीले अदालतलाई जहाँगिर सन् १९९३ देखि २०१५ सम्म बैंकको कर्मचारी भएको र यती ठूलो रकम आर्जन नहुँने बताउदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: