×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली सर्टिफिकेट बुझाएर लोकसेवाको जागिर ! पोल खुलिसक्दा पनि अझै काममा हाजिर… ! (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

नक्कली सर्टिफिकेट बुझाएर लोकसेवाको जागिर ! पोल खुलिसक्दा पनि अझै काममा हाजिर… ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय नक्कली सर्टिफिकेट देखाएर विभिन्न बैंकमा विभिन्न कर्मचारीहरुले जागिर खाएको समाचार अर्थ सरोकार डटकमले प्रकाशन गरिसकेको छ । यसैबीच नक्कली सर्टिफिकेट देखाएर लोकसेवा अन्तर्गत जागिरसमेत खाएको खुलासा भएको छ । खानेपानी डिभिजन कार्यालय इलामका प्रमुख पदमा रहेका मोतीउर रहमानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेकोे पुष्टी भएसँगै यस्तो खुलासा भएको हो । अझ अचम्म लाग्दो कुरा त के छ भने खानेपानी मन्त्रालय अन्तर्गतको डिभिजन कार्यालयमा उपसचिव सोसरहको सेवासुविधा लिएर प्रमुखका हैसियतमा कार्यरत उनी अहिले पनि पदमै छन् । 
रजिष्ट्रार भन्छन्, ‘त्यो सर्टिफिकेट नक्कली हो, हामीकहाँ यसको अध्यापन पनि हुँदैन । विभाग नै छैन ।’
उनको सर्टिफिकेटबारे बुझ्दा उक्त विश्वविद्यालयमा सिलिभ इन्जिनियरिङको बिटेक गरेको प्रमाणपत्र जारी गर्ने आधिकारीकता नै नभएको रजिष्ट्रार एनके सुक्लाले स्पष्ट पारेका छन् । ‘हाम्रो विश्वविद्यालयले कुनै नेपालीलाई प्रमाणपत्र दिएको छैन, हामीकहाँ यसको अध्यापन पनि हुँदैन । विभाग नै छैन ।’ यस विषयमा छानविन गर्ने जानकारीसमेत उनले दिएका छन् । रहमानले भारतको इलाहावाद विश्वविद्यालयबाट इन्जिनियरिङको डिग्री गरेको प्रमाणपत्र मन्त्रालय र लोक सेवा आयोगमा बुझाएका थिए । रमाइलो कुरा त के छ भने उक्त विश्वविद्यालयमा इन्जिनियरिङको पढाइ नै हुँदैन । 
करोडौं भ्रष्टाचारको आरोप किन छानविन हुँदैन ? 
सरकारी सेवामा नक्कली प्रमाणपत्र पेस गरी अनुचित लाभ लिएको भन्दै रहमानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता भएको छ । उक्त उजुरीको नम्बर ५५३७ हो । रहमानको भ्रष्टाचार छानबिनका लागि विभाग अन्तर्गत आन्तरिक निर्देशन जारी भएको थियो । तर उनले राजनीतिक आडमा उक्त प्रकरणलाई थामथुमसमेत पारेको आरोपसमेत उनीविरुद्ध परेको अख्तियारको उजुरीमा उल्लेख गरिएको छ । यता नक्कली शैक्षिक योग्यता पेस गरी जागिर खाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पनि प्रमाणपत्र जाँचका लागि उजुरी परेको बुझिएको छ । ०६१ सालमा उनी दुई बर्षका लागि जागिरमा छँदै उच्च अधिकारीलाई प्रभावमा पारी कतारमा काम गर्न पुगेका पनि उजुरीमा उल्लेख छ । रहमानविरुद्ध प्रधानमन्त्रीको माथाहतमा रहेको राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी परेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: