×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कीर्तिपुरमा भेटियो नक्कली नोट छाप्ने मेसिन, बजारमा छ्यापछ्याप्ती रहेका नक्कली नोट यसरी सकिन्छ चिन्न !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ कार्तिक २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

कीर्तिपुरमा भेटियो नक्कली नोट छाप्ने मेसिन, बजारमा छ्यापछ्याप्ती रहेका नक्कली नोट यसरी सकिन्छ चिन्न !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शनिबार महानगरीय प्रहरी परिसर काठमाडौको टोली कीर्तिपुर नगरपालिका -४ स्थित कृष्णबहादुर क्षेत्रीको घरमा छापा मरी नक्कली नोट छाप्ने मेसिन, केही नक्कली नोटहरु र छपाइमा प्रयोग गर्ने सामाग्रीहरु बरामद गरेको छ । सो घरको पहिलो तल्लाका दुईवटा कोठा नारायण श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले भाडामा लिएका थिए । प्रहरीका अनुसार नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ईन्द्रबहादुर श्रेष्ठ पर्साको बिरुवा गुठी घर भई हाल मच्छेगाउँमा बस्दै आएका थिए । 
२७ वर्षे श्रेष्ठ यसअघि सिरहा जिल्लाबाट हात हतियार खरखजाना मुद्दामा ११ महिना जेल बसेर छुटेका व्यक्ति भएको प्रहरीको भनाइ छ । सँगै पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठका सहयोगी २५ वर्षीय नारायण श्रेष्ठको घर गोरखाको सहिल लखन गाउँपालिका वडा नं ८ मा पर्छ । त्यसैगरी नक्कली नोटको कारोबारमा पक्राउ परेका अन्य व्यक्तिहरुमा मकवानपुरको हर्नामडी -९ घरभई हाल मूलपानी बस्ने बर्ष २५ का साहिल थापामगर पनि छन् । तर प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु गरेपनि बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन सकेको छैन । अभियुक्तहरुको साथबाट बरामद गरिएका एक हजार रुपैयाँका नक्कली नोटहरु झट्ट हेर्दाखेरि ठ्याक्कै सक्कलीजस्तै देखिन्छन् ।
कसरी चिन्ने नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: