संगीताको 'सक्सेस स्टोरी' : 'बच्चा हुर्काउँदै सिए पढेँ, रिजल्ट आउँदा म मात्र पास भएछु' (भिडियो)

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- विवाहपछि पढाइ छोड्ने महिलाहरुको संख्या धेरैको छ । कतिले वाध्यताले यसो गरेका छन् त कतिपयले इक्षाशक्ति कम हुँदा । तर संगीता कडरियाको कथा भने फरक, रोचक, र प्रेरणादायी छ । १२ पढ्दा पढ्दै विवाह गरेकी उनले सिए पढ्ने आफ्नो चाहानालाई पूरा गरेरै छोडिन् । सिएको पहिलो तह सक्दै गर्दा नै आमा बनिसकेकी संगीताले कुनै समयपनि हार खाइनन् । उनको संघर्ष र सफलताको कथा समेटेर आजको अंकमा हामीले उनीसँग कुराकानी गरेका छौं ।

तपाईले विवाह पछि पनि सिए जस्तो गाह्रो पढाई पूरा गर्नुभयो,  त्यो बेलाका आफ्ना तीता-मिठा अनुभव सुनाईदिनुहोस् न ? 
मुख्य कुरा मानिसको लक्ष्य हो ।लक्ष पूरा गर्न चाहिने भनेको इक्षा शक्ति हो ।  गाह्रो भएता पनि त्यो कुरा पूरा गर्छु नै  भनेपछि अगाडी-पछाडि आईपर्ने समस्याहरु एकदमै नोमिनल फिल हुन्छ । जुल मैले पनि फिल गरें । १७, १८ वर्षमा प्लस टु अर्थात १२  कक्षा पढ्दै गर्दा मेरो विवाह भयो । धेरैले सिए नपढ पनि भन्नुहुन्थ्यो । पढेरै पनि पास भएर हुने के नै ठूलो हुने हो र ? समेत भन्नुभयो परिवारमा । तर म पछी हटिन । मलाई मनमा थियो,  'म सिए पढ्छु र पढेरै छोडछु' ।  फिजिकल दुख त भई नै हाल्छ भन्ने कुरा मैले बुझेको थिएँ । तर घरपरिवार निकै सहयोगी हुनुहुन्थ्यो ।  

धेरैले विवाहपछि पढाई रोकेका छन्, उनीहरु र उनमा परिवारलाई तपाईंको सुुझाव  के छ ?
विवाह नगरी आमाबाबा सँग बसेर पढन विवाह भएपछि भन्दा सहज पक्कै हुन्छ । तर, हरेक ठाउँमा सजिलो मात्र खोजेर हुदैँन । हाम्रो लाइफको पाटो नै पहिला पढाई, विवाह, त्यसपछि परिवार हो ।  पढाई नसकेर विवाह गर्नुहुन्न । समाजमा अहिले १७, १८ वर्षमा विवाह गर्न अलि पोसिबल कम छ जस्तो देखिन्छ । यदि, कुनै कारण, बाध्यताले विवाह भईसकेको छ भने पनि अलिकति दु:ख नमानौं । 

सिए जस्तो गाह्रो पढाई  र पारिवारिक व्यवहार एकैपटक सम्हालेर पनि पास हुनुभयो, पढ्ने केही टेक्निकहरु सुुनाईदिनुहोस न ?
स्पेसल टेक्निकहरु केही छैन मसँग पनि । सबैभन्दा ठुलो कुरा इच्छाशक्ति हो ।  विवाह गरेको १ वर्षमा मेरो बच्चा जन्मिएको हो । फाउन्डेसन कोर्षको रिजल्ट हुने बेलामा मेरो काखमा बच्चा थियो । त्यसपछि बच्चा सँगसँगै हुर्काएकी हुँ । परिवार, बच्चा र आफु त्यही माथि आफ पनि सानै उमेरको हुनाले गाह्रो भयो । तर, मलाई गाह्रो भएकोे छ,  कम्प्रमाईज गरेको छु, दु:ख भएको छ भन्ने कुरा मेरो दिमागमा आएन । किनकी मेरो एउटै लक्ष्य थियो सिए बन्ने । त्यही मात्र जाने गर्दथ्यो दिमाग पढ्दा पनि रमाईलो हुन्थ्यो । प्रेसर कहिले फिल भएन । त्यसैले अरु कामहरु कति बेला सकाएर कति बेला रुममा पुगेर किताव हेरु हुन्थ्यो । गाह्रो त सिए पढ्न पक्कै हुन्छ । 

विवाह, सिएको पढाई र शिखर शुजसम्मको यात्रा, तपाई सबैभन्दा बढी खुसी भएको दिन कुन हो ?
मेरो सबैभन्दा खुसी भएको २०११ फ्रेबुअरी १४ जुन भ्लाइनटाइडेको दिन सिएको फाइनल लेबलमा पास भएको थिएँ । नयाँ कोर्षको दोश्रो ब्याचमा त्यो दिन ममात्र पास भएको रिजल्ट आएको थियो ।   मेरो लाईफको सबैभन्दा खुसीको क्षण त्यहि हो । 

तपाई सबैभन्दा पहिलो कमाई याद छ ? त्यो पैसा के गर्नुभएको थियो ? कति थियो ?
पहिलो सिएसीमा काम गर्दा त्यतीबेला स्टेफेन आउथियो २५ सय जस्तो लाग्छ मलाई । उक्त पैसाले यो गरे भन्ने पनि याद छैन । पहिला कमाई भएर साथीहरु गएर हल्लाखल्ला गरियो । त्यसपछि नजिकैको बबरमहलमा सानो एभरेज प्राइसमा खाना खान मिल्ने खालको पसल थियो । त्यहाँ गएर साथीहरुको गु्रप मिलेर खाना खायौ जस्तो लाग्छ । 

प्रकाशित : Wednesday, October 03, 2018

recent

Popular Posts