काँग्रेसमा विजय गच्छदारलाई उपसभापति बनाउने तयारी

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी गरेका छन् । सभापति देउवाले आज बस्ने केन्द्रीय कार्य समिति बैठकबाट नै गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारी गरेका हुन् । बैठकले ५ देखि ९ मंसिरसम्म तोकिएको महासमिति समयभित्र गर्न नसकिने भएपछि नयाँ मितिसमेत तय गर्ने भएको छ । स्रोतका अनुसार सभापति देउवाले आइतबार साँझ नै पार्टीका शीर्ष नेतालाई फोन गरेर गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारीमा आफू रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

देउवालाई सबैजसो शीर्ष नेताले सहयोग गर्ने आश्वासनसमेत दिएका छन् । तर, विधानमा हाल कायम रहेको व्यवस्थाअनुसार भने गच्छदारलाई उपसभापति बनाउन मिल्दैन । कांग्रेसको हालको विधानमा पार्टीको पदाधिकारी हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ ।

तर, गच्छदार विशेष आमन्त्रित केन्द्रीय सदस्य हुन् । उनलाई उपसभापति बनाउँदा सभापति देउवाले शीर्ष नेतालाई बाधा अड्काउ फुकाउ गरेर मात्र बनाइने बताएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वसहमतिअनुसार पनि नेता गच्छदारलाई व्यवस्थापन गर्ने पक्षमा आफ्नो असहमति नरहने प्रस्ट पारे ।
प्रकाशित : Tuesday, November 06, 2018
,

recent

Popular Posts