सिटी एक्सप्रेस साकोसको नवौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ - सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौं साधाराण सभा सम्पन्न भएको छ । संस्थाको कार्तिक १६ गते, नयाँ बानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा बसेको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको हो । 

सभामा हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ सञ्चालक समिती र ३ जनाको लेखा समिति चयन गरेको छ । संस्थाले सम्पुर्ण सदस्यहरुलाई सहकारी ऐनमा व्यवस्था भए बमोजिम १८% लाभांंश दिने निर्णय गरेको छ । 

यस संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारित गरेको छ ।
प्रकाशित : Tuesday, November 06, 2018

recent

Popular Posts