×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्जिनियरहरुलाई खुसीको खबर, ललितपुर महानगरपालिकाले ल्यायो यस्तो अफर ! (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

इन्जिनियरहरुलाई खुसीको खबर, ललितपुर महानगरपालिकाले ल्यायो यस्तो अफर ! (भिडियोसहित)

काठमाडौँ – ललितपुर महानगरपालिकाले करारमा कर्मचारी राख्ने योजना अघि सारेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले करारमा कर्मचारी राख्ने योजना सार्वजनिक गर्नु भएको हो । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ‘स्थायी कर्मचारीबाट काम लिन गाह्रो भएपछि’ आफूहरु करारमा कर्मचारी राख्न बाध्य हुनु परेको पनि स्पष्ट पार्नु भयो । करारमा राखेका कर्मचारीहरुले राम्रो काम गरे २ वर्षपछि उनीहरुको म्याद थप गर्ने ललितपुर महानगरपालिकाको योजना छ । 
मेयर महर्जनले सबै वडामा इन्जिनियरहरु खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको जानकारी पनि दिनु भयो । ललितपुर महानगरपालिका भित्र २९ वटा वडा रहेका छन । ती सबै वडामा इन्जिनियर नियुक्त गर्ने तयारी भईरहेको मेयर महर्जनले बताउनु भयो । स्थानीय तह संचालन ऐन अनुसार महानगरपालिकाले हरेक वडामा इन्जिनियर नियुक्त गर्नुपर्ने हुन्छ ।
मेयर महर्जनले नेपाल सरकारको नीतिगत निर्णयमा ढिलाई हुँदा स्थानीय सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको दावी समेत गर्नु भयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: