जनरल इन्स्योरेन्स र देवः बिकास बैंक लि.बीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा पोलिसी लिन सकिने

काठमाडौँ - जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र देवः बिकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । 

जिआईसि नेपाल र बैंकबीच सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बिकास बैङ्क बीच मिति २०७५ मंसिर १३ गते बिहिबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

बैङ्कका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
प्रकाशित : Thursday, November 29, 2018

recent

Popular Posts