×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरलको ८०% हकप्रद आउँदै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिट

PRIME CA

आइएमई जनरलको ८०% हकप्रद आउँदै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिट

अर्थ सरोकार

प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आइएमई जनरल इन्सुरेन्सले ८०% हकप्रद बिक्री खुल्ला हुने भएको छ । हकप्रद बिक्रीमा गर्न मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार अब मंसिर ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् । 
इन्सुरेन्सले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्री गर्न कम्पनीले धितोपत्र बोर्डको अनुमति पनि पाइसकेको छ । यो हकप्रदमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 
आइएमई जनरलको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस इन्सुरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: