नभरे त पर्दै-पर्दैन, भरे भन्न सकिन्न, 'पैसा ठिक्क पार्नुहोस् है ! चौतारी लघुवित्तको आइपीओ मंसिर १९ देखि आउँदैछ'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चौतारी लघुवित्तले मंसिर १९ गतेदेखि ६ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले दिएको जानकारी अनुसार मंसिर १९ देखि खुल्ने आइपीओमा २३ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता निष्कासन हुने आइपीओ लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

कम्पनीले दिएको जानकारी अनुसार कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता लघुवित्तका कर्मचारीका लागि र ३० हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी ५ लाख ६० हजार ७ सय कित्ता सर्वसाधारणका लागि हुनेछ । कम्पनीले निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड तोकेको छ । कम्पनीको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यसबाट हामीले औसत भन्दा यो कमजोर कम्पनी हो भन्ने बुझ्नुपर्छ ।
प्रकाशित : Tuesday, November 27, 2018

recent

Popular Posts