जनता बैंकको नयाँ शाखा ताप्लेजुङको फक्त्ताङलुङमा, कुल शाखा १२७ पुग्यो

काठमाडौँ - वित्तीय सेवा मार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ्ग सेवा ७६६ स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको लक्ष्य अनुसार दुर्गम स्थानका स्थानीय तहसम्म शाखा पु¥याई बैंकिङ् क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको यस जनता बैंक नेपाल लिमिटेडले सुदुर पूर्वको जिल्ला ताप्लेजुङको अति विकट गाउँपालिका फक्त्ताङलुङ गाउँपालिकामा आजबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा संचालनमा ल्याइएको यो शाखा बैंकको १२७ औं शाखा हो ।

तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोला सहित साविक ७ गा.वि.स. मिलाएर बनाइएको यस गाउँपालिका भौगोलिक हिसावमा ताप्लेजुङकै सबैभन्दा ठूलो र बिकट गाउँपालिका हो । यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारण तथा सरकारी निकाय समेत यस शाखा मार्फत देशको बाँकी क्षेत्रमा वित्तीय संजालमा जोडिन सफल हुनेछन् । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् ।

यो संगै बैंकको देशभरीमा शाखा संजाल १२७ पुगेको छ । साथै ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखा रहित बैंकिङहरुबाट करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रबाह भइरहेको छ । 
प्रकाशित : Monday, November 26, 2018

recent

Popular Posts