कैलाश विकास बैंक गर्यो प्रगति, खुद नाफा १९.०८% ले वृद्धि हुँदा खुद ब्याज आम्दानी कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - कैलाश विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ ।उक्त विवरण अनुसार बैंकको खुद नाफा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १९.०८% ले धेरै हो । गत वर्ष बैंकको खुद नाफा ९ करोड ७२ लाख ४२ हजार रुपैयाँ मात्र थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी ७२.८०%ले वृद्धि गरेर २६ करोड ७० लाख ३५ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । सञ्चालन नाफा ९८.१९% ले वृद्धि गरेर १७ करोड १३ लाख ८९ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकले २४ अर्ब २५ करोड ९३ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरेर २० अर्ब ९२ करोड ८८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा १ अर्ब २० करोड ६५ लाख ३२ हजार रुपैयाँ छ । 

बैंकको खराब कर्जा ०.३०% मा रहेको छ भने बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८७ पैसा छ ।
प्रकाशित : Sunday, November 04, 2018

recent

Popular Posts