×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सले गर्यो चम्किलो प्रगति, खुद नाफा ४४.१०% वृद्धि (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

मेरो माइक्रोफाइनान्सले गर्यो चम्किलो प्रगति, खुद नाफा ४४.१०% वृद्धि (विवरणसहित)

काठमाडौं – मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा २ करोड ७४ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ४४.१०% धेरै हो । गत वर्ष संस्थाले १ करोड ९० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी  ७ करोड ९ लाख १७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २ करोड ९४ लाखबाट बढेर ४ करोड २५ लाख १६ हजार रुपैयाँ पुगेको छ । यता बैंकको निक्षेप संकलन ८४ करोड ९४ लाख ९९ हजार रुपैयाँ गरेको छ भने ३ अर्ब ६४ करोड ९० लाख २४ हजार रुपैयाँ कर्जामा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा १० करोड ४१ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
संस्थाको खराब कर्जा १.३१% बाट बढेर १.४८% छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६८ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: