मुक्तिनाथ विकास बैंकका ग्राहकले सानिमा इन्स्योरेन्सको निर्जीवन बीमा सेवा लिन सक्ने

काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा सानिमा जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरे ।

उक्त सम्झौतापछि सानिमा जनरल इन्स्योरेन्सका निर्जीवन बीमा सेवाहरु मुक्तिनाथ बैंकका बिभिन्न शाखाहरुमा उपलब्ध हुने जनाईएको छ ।
प्रकाशित : Thursday, November 22, 2018

recent

Popular Posts