×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहार र छठको अवसरमा एन आई सी एशिया रेमिटले ल्यायो थप सुविधा ।

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

तिहार र छठको अवसरमा एन आई सी एशिया रेमिटले ल्यायो थप सुविधा ।

काठमाडौँ – एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै तिहार र छठको अवसरमा थप सुविधा ल्याएको छ । अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ । बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै समस्त ग्राहकहरुलाई नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोबार सित्तैमा पठाउने छुट प्रदान गरेको छ । 
यस बैंकका मुलुकभर फैलिएको २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । यो सुविधा कार्तिक र मङ्सिर महिना सम्मको लागि लागू हुनेछ । उक्त सुविधाबाट चाडपर्वहरुको समयमा ग्राहकहरुले पैसा पठाउदा उच्चतम लाभान्वित हुने र झन्झटरहित तरिकाबाट यस बैंक मार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ । साथै यो योजना कार्तिक १८ गते देखि मङ्सीर २९ गते सम्म लागु हुनेछ । 
बैंकका मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा गर्दै आईरहेको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४२ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: