नेपाल इन्भेष्टमेन्ट बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा सेवा लिन सकिने


काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गरे । 

सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले बैंकका कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउन सक्ने विज्ञप्तिमा उल्लेख छ । 

हाल आइएमई लाईफले ६२ शाखाबाट सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।
प्रकाशित : Sunday, November 25, 2018

recent

Popular Posts