×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको खुद नाफामा १०.७०% वृद्धि, जगेडा कोषमा कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नेपाल टेलिकमको खुद नाफामा १०.७०% वृद्धि, जगेडा कोषमा कति ?

काठमाडौं – नेपाल टेलिकमको आर्थिक वर्ष २०७५/७६को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ ।  सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १०.७०% धेरै हो । गत वर्ष टेलिकमले ४ अर्ब ५ करोड ६५ लाख ३८ हजार ७४ रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यसको जगेडा कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भ कोषमा ८१ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । कम्पनीको सेवा बिक्रीबाट कुल आम्दानी  १० अर्ब ८५ करोड ४ लाख ५४ हजार रुपैयाँमा भएको छ । टेलिकमको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ ६८६ रुपैयाँ ६० पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: