×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहयोगी विकास बैंक र अशोक ट्रेडर्सबीच सम्झौता, महिन्द्रा ब्रान्डको तीन चक्के टेम्पोमा लगानी गर्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

सहयोगी विकास बैंक र अशोक ट्रेडर्सबीच सम्झौता, महिन्द्रा ब्रान्डको तीन चक्के टेम्पोमा लगानी गर्ने

काठमाडौं – सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्रान्डको तीन चक्के टेम्पोमा लगानी गर्ने भएको छ । लगानीका लागि बैंकले जनकपुरमा रहेको अशोक ट्रेडर्स र माहागणपति अटो सेल्स प्रालिसँग सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र अशोक ट्रेडर्सका तर्फबाट प्रोपाइटर आशिष शाह र माहागणपति अटो सेल्स प्रालिका प्रोपाइटर दीपेन्द्रकुमार दासले हस्ताक्षर गरे ।
सम्झौतापश्चात अशोक ट्रेडर्स र माहागणपति अटो सेल्स प्रालिले बिक्री गर्ने तीनचक्के टेम्पोलाई उक्त ट्रेडर्सले सिफारिस गरेअनुसार बैंकले कर्जा लगानी गर्ने जनाईएको छ । 
बैंकले उक्त तीनचक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । तर, कर्जाका लागि ग्राहकहरूले घरजग्गासमेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने उक्त सम्झौतामा उल्लेख छ । कर्जा अवधि तीन वर्षको हुने जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: