सामासुङ आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स सूर्यविनायकमा सुरु

काठमाडौँ - नेपाल अधिराज्य भरी १४ वटा सामासुङ्का सेवा केन्द्रहरु भएको, आईएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ ।

सो सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामासुङ् ईलेक्ट्रोनिक्सकाकार्यकारी निर्देशक युबियमवोन, आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामासुङ् ईलेक्ट्रोनिक्स काजुङ्सिक (बबि) योले गरे ।

कार्यक्रममा बोल्दै आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्यहो ।

प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामासुङ् स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” भने ।
प्रकाशित : Sunday, November 25, 2018

recent

Popular Posts