सनराइज बैंकले गर्यो ११.५% नगद लाभांश दिने घोषणा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सनराइज बैंकले ११.५% नगद लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ११.५% नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ ।
प्रकाशित : Friday, November 30, 2018

recent

Popular Posts