×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा अघि बड्दै सनराइज बैंक, एकैसाथ पाँच नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

शाखा विस्तारमा अघि बड्दै सनराइज बैंक, एकैसाथ पाँच नयाँ शाखा सञ्चालनमा

काठमाडौं – बैंकिङ्ग पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप सनराइज बैङ्कले देशका विभिन्न भागमा थप पाँच शाखा सञ्चालन गरेको छ । बैंकले काठमाडौंको मनमैजु, बाँकेको कोहलपुर, स्याङ्जाको वालिङ तथा कैलालीको टीकापुर र लम्कीचुहामा शाखा सञ्चालन गरेको हो ।
सोमवार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच मनमैजु शाखाको बैंक सञ्चालक समितिका सदस्यद्वय डा. भोगेन्द्र गुरागाईं र ई. बच्छराज तातेडले, कोहलपुर शाखाको कोहलपुर नगरपालिकाका मेयर लुतबहादुर रावत तथा कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारी एवम् वालिङ शाखाको वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँड र वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । त्यसैगरी, आइतवार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच टीकापुर शाखाको टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलले तथा लम्कीचुहा शाखाको सोही नगरपालिका मेयर महादेव बजगाईं र बैङ्कका नायव महाप्रबन्धक रविन नेपालले उद्घाटन गरेको बैंकले जानकारी दिएको छ । 
यी सबै शाखामार्फत सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधाका साथै रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवासमेत प्राप्त गर्न सकिने बैंकको भनाइ छ । हालै सञ्चालनमा आएका शाखासहित बैंकले देशभर १ सय २ शाखा तथा १ सय ११ एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: