×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मनपरी’ बोल्ने छोटेलालको हर्कतले ब्रोकर एसोसीएसन ‘फायर’ ! इन्भेष्टर्स फोरमसँग लिखित प्रष्टीकरण माग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘मनपरी’ बोल्ने छोटेलालको हर्कतले ब्रोकर एसोसीएसन ‘फायर’ ! इन्भेष्टर्स फोरमसँग लिखित प्रष्टीकरण माग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एक पछी अर्को कामले विवादको उत्कर्षमा पुगेका छोटेलाल रौनियारले ब्रोकरहरुलाई चोर भनेको प्रकरणले सेयर ब्रोकरहरु ‘फायर’ बनेका छन् । मङ्सिर १० गते नेप्सेमा भाषण दिंदै उनले ब्रोकरहरुलाई चोर भनेपछि ब्रोकर एशोसिएसनले इन्भेष्टर्स फोरमलाई बुधबार पत्र पठाउँदै प्रष्टीकरण सोधेको छ । छोटेलालले बोलेका कुरा व्यक्तिगत हुन् या संस्थागत धारणा हो फोरमलाई लिखित रुपमा पत्राचार गरेको छ भने आउँदो जवाफका आधारमा उसँगका सहकार्यका बारेमा सोच्ने निर्णय ब्रोकर एसोसीएसनको भएको बुझिएको छ । 
छोटेलाल रौनियारको बोलीले उनको औकातको मापन भएको कडा टिप्पणीसमेत केहि ब्रोकरहरुले लगाएका छन् । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले यसलाई गम्भीर र मिथ्या आरोप भनेका छन् भने अधिकांस ब्रोकरहरुले यो छोटेलाल रौनियारको गैरजिम्मेवारीको पराकाष्टा भएको बताएका छन् ।
यसअघि सेयर लगानीकर्ता संघ नेपालमा हुँदा पनि उनलाई मार्जिन कल गर्ने बैंकलाई थर्काएको आरोप लागेको थियो । त्यसपछि पदकै लागि इन्भेष्टर्स फोरममा लागेको आरोप समेत उनको टाउकोमा छ । मङ्सिर १० को नेप्सेको कार्यक्रममा पनि उनले वाईको नामक कम्पनीको बचावट गरेको, र उनी उपाध्यक्ष भएको संगठन इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले नेप्सेसँगको साँठगाँठकै कारण लगानीकर्ताको दवाव कार्यक्रममा नआएको चर्चासमेत चलेको थियो ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: