×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा दराजको ‘बिग-सेल डे’ भयो ‘सुपर फ्लप’, कम्पनी भन्छ ‘प्राइसिङ इररले समस्या भयो…!’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

नेपालमा दराजको ‘बिग-सेल डे’ भयो ‘सुपर फ्लप’, कम्पनी भन्छ ‘प्राइसिङ इररले समस्या भयो…!’


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- दराजले ११ नोभेम्बरका दिन सार्वजनिक गरेको बिग सेल अफर नेपालमा ‘सुपर फ्लप’ भएको छ । इंकित मूल्यमा समस्या आएपछि अधिकांसले आज अर्डर प्लेस गर्न हिच्किचाएका छन् भने अर्डर गरेकाहरु पनि पछुतो मानिरहेका छन् । सस्तोमा भनेर किनेको समानलाई पछी कम्पनीले ‘प्राइसीङ इरर भन्दै बढेको मूल्य देखाएपछी ग्राहकहरु बिच्किएका छन् भने अधिकांसले यो ‘सेल डे’, ‘ठग डे’ भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक संजालमा कतै अधिकांसले दराजको बिग सेल डेलाई ‘ठग डे’ झेली डे’, ‘लूट डे’ भनी व्याख्या गरिरहेका छन् । कम्पनीले करोडौं रुपैयाँ खर्च गरेर प्रचार गरेको बिग सेल डेलाई नेपालीहरुले नरुचाउंदा कम्पनीलाई समस्या परेको छ । १ लाख अर्डर प्लेस हुने लक्ष राहेको कम्पनीमा आज १० हजार अर्डर प्लेस हुन पनि हम्मे हम्मे पर्ने देखिएको छ ।   
हुन पनि दराजमा अरुको समयमा भन्दा आजको सेल डेमा समानको भाउ बढाइएको छ । बजारमा सस्तोमा पाइने समान पनि त्यहाँ महँगोमा राखिएको छ ।  
यो पनि पढ्नुहोस् :

दराजले ‘सेल डे’ मनाएको कि ‘ठग डे’…? (हेर्नुहोस् केहि प्रमाण)


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: