×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गेमराज गिरीको ‘केरा लैजाउँ पावर’ बजारमा (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

गेमराज गिरीको ‘केरा लैजाउँ पावर’ बजारमा (भिडियोसहित)

काठमाडौँ- स्टेजमा आफ्नो प्रस्तुतीका कारण धेरैको मन जितेका बर्दियाका लोकप्रिय गायक गेम राज गिरीले  “केरा लैजाउँ पावर, एकैनाशे गैजाउँ लाहोर…” बोलमा नयाँ गीत बजारमा ल्याएका छन् । पश्चिमको निकै लोकप्रिय भाका टप्पा गीत लिएर उनी पुन: बजारमा छाएका छन् । ‘डान्सिङ मूड’मै रहेको गेमराजको अघिल्लो साँगितिक भेट “तिमी जवान, म नि जवान…” गीत  निकै चर्चित बनेको थियो ।
यो गीतमा स्वर गेमराज गिरीको रहेको छ भने अभिनयमा बर्दियाकी सुन्दरी अन्जली अधिकारी र प्रकाश सपुतको दमदार नृत्य हेर्न सकिन्छ । नबिन घर्तीमगरको सम्पादनमा बनेको म्युजिक भिडियोको छायांकन करण चैसिरले गरेका हुन भने मौसम हिमालीले निर्देशन गरेका हुन ।
भिडियो हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: