×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संगठित रुपमै पत्रकार तातेपछि गयो श्रीचन्द्रको सातो ! महिला पत्रकारलाई दुर्व्यवहार गरेकोमा अन्ततः मागे माफी ! (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

संगठित रुपमै पत्रकार तातेपछि गयो श्रीचन्द्रको सातो ! महिला पत्रकारलाई दुर्व्यवहार गरेकोमा अन्ततः मागे माफी ! (भिडियोसहित)

  • अर्थ सरोकार संबाददाता

काठमाडौँ- काठमाडौँको मिनभवनस्थित यातायात व्यवस्था विभाग । दिनमा सयौंको संख्यामा नागरिकहरु यो विभागमा आउँछन्, आफ्नो कामका लागि । एक दिनको कामलाइ महिनौं लाग्छ, कर्मचारीहरु कार्यालयमा नभेटिने समस्या उस्तै छ । सेवाग्राही पीडामा छन् । यस्तै एक ग्राहकको पीडा लिएर केहि समय अघि सगरमाथा टेलिभिजनकि पत्रकार सिखा श्रेष्ठ यो कार्यालयमा आइन् । तर सेवाग्राहीको पीडा सुन्नु त कहाँ हो कहाँ उल्टै टेलिभिजनकि पत्रकारमाथि विभागका निर्देशक श्री चन्द्र शाह जाइ लागे । यो घटना सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ, प्रेस युनियन, र क्रान्तिकारी पत्रकार संगठन नेपालले बिज्ञप्ति निकाल्दै घटनाको भ्रत्सना पनि गरे ।

तर के बिज्ञप्तिपछी अन्य थप केहि प्रयास भयो त ? अहँ भएन । पत्रकारलाई मुलुकी ऐनको पाठ सिकाउने ती निर्देशकलाई सवक सिकाइयो त ? अहँ सिकाइएन । यहि सोचेर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीको नेतृत्वमा, क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिव बाबुराम भुसाल लगायतका सम्पर्कमा उपलब्ध पत्रकारहरुसहित हामी पनि पुग्यौं मिनभवनको यातायात व्यवस्था विभागमा । 
हामी विभाग पुग्दा उनी भित्र नै छन् भन्ने संकेत भित्तामा टाँसीएको थियो तर भित्र उनी थिएनन् । सेवाग्राहीहरु उनलाई पर्खेर बसेका थिए । हामीले सोध्यौं श्रीचन्द्र सर कहाँ हुनुहुन्छ ? कोहि तल क्यान्टिनमा भन्दै थिए कोहि डिजिसापको कोठामा ! त्यसपछि हामी डिजि सापको कोठामा पुग्यौं । उनी भित्र बैठकमा छन् भन्ने जानकारी आयो । यहि बेला एक सेवाग्राहीले एउटा समस्याका लागि आएको र उक्त समस्याको समाधान ९ महिनादेखि नपाएको गुनासो गर्दै थिए ।
उनको गुनासो थाहा पाएपछी पत्ता लाग्यो कि संस्थामा सूचना अधिकारी थिएनन् ।  केहि समयको पर्खाइपछी हामीले पत्रकारमाथि दुर्व्यवहार गर्ने निर्देशकसापलाई भेट्यौं । आफ्ना कुराहरु पनि राख्यौं र उनका कुराहरु पनि सुन्यौं । त्यसपछि पनि हामीले सूचना अ धिकारीलाई खोज्यौं तर उनी कार्यालयमा थिएनन् ।
खैर यो कुरा छोडौं । सूचना अधिकारी कार्यालयमा छैनन् भन्ने थाहा भयो । प्राय कार्यालयमा उनी हुँदैनन् भन्ने पनि पुष्टी भयो । अव पत्रकारमाथि दुर्व्यवहार गर्ने निर्देशकचाहिं घटनाबारे के भन्छन् त ?  घटनाबारे दुर्व्यवहार सहेकी सिखा श्रेष्ठ के भन्छिन् त ? अर्थ सरोकार टेलिभिजन कार्यक्रमको यसपालीको अंकमा हामीले प्रस्तुत गरेका छौं 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: