×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली फिल्ममा अभिनय गर्दै सन्नी लियोनी, पारिश्रमिक भने अत्यन्त थोरै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नेपाली फिल्ममा अभिनय गर्दै सन्नी लियोनी, पारिश्रमिक भने अत्यन्त थोरै !

काठमाडौं । पोर्नस्टारका रुपमा चर्चित भारतीय अभिनेत्री सन्नी लियोनीले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । सन्नीले हालै आफ्नो ट्वीटरमार्फत पनि आफू नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’ गर्न पाएकोमा खुसी अनुभुत गरेको बताएकी छन् । ‘एबी ईन्टरनेश्नल’को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘पासवर्ड’मा उनले अभिनय गर्नेछिन ।  
२०१९मा रिलिज हुनेगरी तयारी गरिएको फिल्ममा सन्नीले एक आइटम दृश्य दिनेछिन् भने केहि भाग अभिनयमा पनि गर्ने भएकी छिन । उनले निकै नै कम पारिश्रमिक लिएर यो काम गर्न लागेको भारतीय मिडियाहरुले जनाएका छन् । एक भारतीय मिडियाका अनुसार उनले करिव १० लाख आइसी अर्थात १६ लाख नेपालीमा यो अभिनय गर्न लागेकी हुन् । नेपालका लागि छोटो दृश्यका लागि यो महँगो पैसा भएपनि सन्नी लियोनीका लागि भने यो रकम निकै कम हो ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: